फुलुङ्गी: किरात धर्मगुरु आत्मानन्द लिङदेनले फुलुङगीलाई धार्मिक र भौतिक रुपले विकास गर्नुपर्ने बताएका छन् ।
धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका, माइ र देउमाई नगरपालिकाको संगम स्थल ज्ञानभूमि फुलुङगीमा आयोजित माघे संक्रान्ति सत्यहाङमा शान्ति मकरस्नान येत् नाम्धुङ लाधुङसेमी सेवा समारोहमा बोल्दै धर्मगुरुले माङसेबुङ गाउँपालिका संसारले हेर्ने पवित्र स्थल बन्नेमा विश्वास व्यक्त गरे ।
कक्फेवा तङनाम माघे संक्रान्ति प्राकृतिक चाड हो धर्मगुरुले भने ‘हामी साँस्कृतिक रुपमा धनी छौं । संस्कृतिको जगेर्णा गर्दै लैजाने हो भने, हामी सभ्य बन्छौं । हाम्रो समाज सभ्य बन्छ ।’
उनले महागुरुको विश्व शान्ति तथा मानव एकतालाई शिरोधार्य गरेर राज्यले विकास गर्ने हो भने यो मुलुक सुन्दर फुलबारी बन्छ भने ।
माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले उदघाटन गरेको कार्यक्रममा इलाम, झापा, पाँचथर लगायतका भक्तजनहरुको उपस्थिति रहेको थियो ।
फुलुङ्गीमा बर्षेनी मेला समेत लाग्दै गाएको छ ।