बोहोरा भए प्रेस सेन्टर नेपाल पाँचथरको अध्यक्ष


सेवारो खबर  129 पटक हेरिएको

पाँचथर: प्रेस सेन्टर नेपाल पाँचथरको चौथो जिल्ला अधिवेसनले  युद्वबहादुर बोहोरालाई अध्यक्षमा निर्वाचित गरेको छ ।

शनिबार फिदिममा सम्पन्नअधिवेशनले उपाध्यक्षमा रोहित आङबो र निशा लोवा, सचिव सुवाश राई, सहसचिवजिपि अधिकारी र उत्तर लिम्बू, कोषाध्यक्षमा रजनी हाङसरुम्बालाई चयन गरेको छ ।

सदस्यमा इच्छा लिम्बू, अशोक लाओती, संगीता अधिकारी र पुरण सुकिता निर्वाचित भएकाछन् ।

अधिवेशनले संघीय पार्षदमा घनेन्द्र केरुङ र रामचन्द्र तामाङ, प्रदेश पार्षदमा सेसेहाङ लाओति, राम प्रसाद बाँस्कोटा र भिम चेम्जोङलाई निर्वाचित गरेको छ ।

अधिवेशनको अवशरमा प्रेस सेन्टर पाँचथरका संस्थापक अध्यक्ष सुर्यमान जबेगु, पूर्वअध्यक्षहरू खड्क सुन्दर सम्बाहाम्फे, राजन केडी रघनेन्द्र केरुङलाई दोसल्ला ओढाएर सम्मानपत्र द्वारा सम्मान गरिएको थियो।त्यस्तै प्रेस सेन्टरककर्मी युद्ध बहादुर बोहरा र रजनी हाङसरुम्बालाई पनि दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको नवनिर्वाचित सचिव सुवाश राईले बताए ।

अधिवेशनको उद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि, नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा पाँचथर सहइन्चार्ज दिनेश लाओती, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य विजयबोध लावती, माओवादी केन्द्रका जिल्ला संयोजक विशाल रसाइली, प्रदेश सचिवालय सदस्य शंकर ध्वज नेम्वाङ, नेपाल पत्रकार महासंघका पाँचथरका अध्यक्ष भीम बाँस्कोटा, पत्रकार लक्ष्मी गौतम, गिरिराज बाँस्कोटा, प्रेस युनियनका जिल्ला अध्यक्ष खबिन लुइँटेल, प्रेस चौतारीका जिल्ला अध्यक्ष रविन्द्र काफ्ले लगायतले शुभकामना दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार