इलाम : नमिन ढकाललाई अध्यक्ष चयन गर्दै प्रेस सेन्टर नेपाल इलामको छैटौं जिल्ला सम्मेलन शनिबार इलाममा सम्पन्न भएको छ । सम्मेलनले ढकाल सहित १६ सदस्यीय नयाँ कार्यसमिति छनौट गरेको छ ।
उपाध्यक्षमा लिलाबहादुर लिम्बू र सरीता राई, सचिवमा नबिन फागो, सहसचिव ज्ञानेन्द्र चापागाईं र रेविका तोलाङ्गी (दुर्गा) तथा कोषाध्यक्षमा गंगा पराजुली छन् ।
सदस्यहरुमा अञ्जली राई, विपना लिम्बू, राजेश राई, मनकुमार लिम्बू, धमप्रसाद जवेगू, डिल्लीमाया योङहाङ, देवेन्द्र पौडेल, गोपाल गिरी र राजन खतिवडा चयन भएका छन् ।
सम्मेलनले बुद्धमाया सोङ्मी, जीवन योङहाङ र राजेन्द्र लोहारलाई प्रदेश प्रतिनिधिमा निर्वाचित गरेको छ । त्यस्तै केन्द्रीय प्रतिनिधिहरुमा किरन राई, धमप्रसाद जवेगू र चेतन आङथुपो निर्वाचित भएका छन् ।
सम्मेलन उद्घाटनको अवसरमा नेपाल पत्रकार महासंघको प्रदेश सदस्यमा निर्वाचित सेन्टर इलामकी निवर्तमान अध्यक्ष बुद्धमाया सोङ्मीलाई सम्मान गरेको छ । उनलाई प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य छविलाल आचार्य (प्रवास) ले सम्मानपत्र प्रदान गरे ।
यसैबीच, प्रेस सेन्टर इलामले आयोजन गरेको तीन दिवसीय आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा आयोजिता तालिममा ४० जना युवाहरुको सहभागिता थियो । तालिमको व्यवस्थापन अखिल क्रान्तिकारी महेन्द्र रत्न बहुमुखी क्याम्पसको व्यवस्थापन एवम् नयाँ बुलन्द डटकम र लोकल सन्देश डटकमको सहकार्यमा भएको थियो ।
निवर्तमान अध्यक्ष सोङमीको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य आचार्य र दिपेन राई, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राम योङहाङ, प्रदेश महासचिव सुजन तिम्सिना, नेपाल पत्रकार महासंघ इलाम अध्यक्ष भीम चापागाईं, फोनिज कोषाध्यक्ष सरीता राई, प्रेस चौतारी उपाध्यक्ष योगेन्द्र शंकर, चलचित्र पत्रकार संघ अध्यक्ष अतित योङहाङ, स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाम सचिव राजेन्द्र लोहारलगायतले मन्तव्य राखेका थिए ।
प्रेस सेन्टर इलाम उपाध्यक्ष लिलाबहादुर लिम्बूले स्वागत गरेको कार्यक्रमको सञ्चालन निवर्तमान सचिव नमिन ढकालले गरेका थिए ।