इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको छैटौं जिल्ला अधिवेशन यही पुस १९ गते इलाममा हुने भएको छ ।
फोनिज अध्यक्ष राम योङहाङको अध्यक्षतामा भएको सामबारको बैठकले पुस १९ गते नेपाल पत्रकार महासंघको हलमा अधिवेशन गर्ने निर्णय गरेको सचिव सोम सुनुवारले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।
बैठकले फोनिज इलाम शाखा अन्तर्गत ५१ जनाको सदस्यता नवीकरण गरेको छ । त्यस्तै १२ जनाको नयाँ सदस्यता स्वीकृतिका लागि फोनिज प्रदेश नं. १ समिति समक्ष सिफारिस गरी पठाउने निर्णय गरेको छ ।
अधिवेशनले अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, सहसचिव (महिला अनिवार्य) एक र कोषाध्यक्ष एक तथा संस्थागत र अल्पसङ्ख्यकसहित आठ सदस्य निर्वाचित गर्नेछ ।
बैठकले गएको मङ्सिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघ इलामको निर्वाचनको समीक्षा गरी निर्वाचनमा विभिन्न पदमा निर्वाचित फोनिजकर्मीहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शसभकामना व्यक्त गरेको छ ।
जारी विज्ञप्ती: