आउँदो माघ २६ र २७ गते कियाचु इलामको नवौं अधिवेशन गर्ने


सेवारो खबर  79 पटक हेरिएको

इलाम : किरात याक्थुङ चुम्लुङ इलामको नवौं अधिवेशन आउँदो माघ २६ र २७ गते इलाम बजारमा हुने भएको छ ।

चुम्लुङको सोमबार बसेको बैठकले अधिवेशनको मिति तय गरेको जनाइएको छ ।

जिल्ला अधिवेशन गर्न पुस २५ सम्म सदस्यता अध्याविक गरी माघ १५ सम्म गाउँ र नगर अधिवेशन सक्न बैठकले निर्देशन गरेको सचिव राम योङहाङद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा उल्लेख छ ।

बैठकले रुद्र थेवे, राम लिङदम, नविनसुन्दर शेर्मा, माया काङ्बा, फुलकुमारी शेर्मा, लिला केरुङ, हेमराज मोरोहाङ र विजय लिम्बूलाई रीक्त रहको शाखाको सदस्य पदमा मनोनित गरेको छ ।

बैठक चुम्लुङ इलाम अध्यक्ष बुद्धमाया सोङ्मीको अध्यक्षता र लिम्बुवा प्रदेश समिति उपाध्यक्ष तीर्थ साउनदेनको प्रमुख आतिथ्यतामा भएको थियो । बैठकमा पालिका समिति अध्यक्षहरुको समेत उपस्थिति थियो ।

जारी बिज्ञप्ती:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार