माङसेबुङ: लोकान्त्रिक पद्दती बलियो बनाउन दल भित्रको बहु बिचारको सम्मान आवश्यक रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताए ।
शिक्षा विभाग प्रमुखसमेत रहेका महरले बिहिबार माङ्सेबुङको चतुरे बजारमा नेपाली कांग्रेसको सय दिने अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रममा बोल्दै पार्टीभित्रको फरक मतले नै लोकतन्त्र बलियो हुनेमा जोड दिए ।
‘पार्टीभित्रको फरक मतलाई सम्मान गर्न सके मात्र प्रजातन्त्र बलियो हुन्छ, महरले भने- फरक मत नसहने सरकारले जनताका असन्तुष्टिलाई कसरी सम्बोधन गर्छ भन्ने प्रश्न उठेको छ ।’
‘स्थिर सरकार नहुँदा विकास भएन, जनता निराश भए महरले भने- संविधान संशोधनको बहस चलिरहेको बेला फरक बिचारलाई पार्टीबाट बाहिर्याउने कदमले स्थीर सरकार बनाउन औचित्य पुष्टिगर्न सक्दैन ।’
‘सत्ताको नेतृत्व कर्ता नेकपा एमाले तर्फ संकेत गर्दै ‘संविधान संशोधन गरेर निर्वाचन प्रणालीबाट स्थायी सरकार बनाउने बाटो तय गर्ने भनिरहेका छौं । तर, दलहरूभित्र फरक आवाजलाई कारबाही गर्दा विद्रोह हुन्छ’ नेता महरले भने-माओवादीभित्र पनि फरक मतलाई सम्मान गर्न नसक्दा पटक-पटक पार्टी फुटेको उदाहरण छ । नेपालका कम्युनिष्टहरूले आफ्नो उक्त व्यवहारलाई सुधार्न आवश्यक छ ।’