‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित जमिन फिर्ता गर्नुपर्छ’-खनाल


सेवारो खबर  60 पटक हेरिएको

इलाम: नेकपा (एकीकृत समाजवादी) पार्टीको सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली भूमिको रक्षा  गर्गदै अतिक्रमित भूमि फिर्ता गर्न माग गरेका छन् ।

खनालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम कञ्चनपुर जिल्लाको दक्षिणी सीमामा रहेको करिब एक हजार बिघा (करिब ६ सय ६७ हेक्टर) जमिन फिर्ता गर्न माग गरेका हुन  ।

‘कञ्चनपुर जिल्लाको दक्षिणी सीमा स्तम्भ २७ र २८ का बीचमा रहेको जमिन कब्जा गरी खेतीपाती समेत गरिरहेको कुरा जानकारीमा आएको छ’, बिज्ञप्तिमा भनिएको छ, यो शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ज‌ंगल भएको क्षेत्र हो ।  त्यहाँ पुग्न आवागमनको पनि समस्या छ । निकुञ्जको सुरक्षाका कारणले नेपाल तिरबाट जो कोही त्यहाँ पुग्न पनि सक्दैन । तर दक्षिणतिरबाट लगातार अतिक्रमणमा भइरहेको कुरा अहिले जानकारीमा आएको छ ।’

पूर्व प्रधानमन्त्री खनालले अतिक्रमण ठाउँ यथाशिघ्र निरिक्षण गरेर भारतीय सरकारसँग वार्ता गरी भूमि फिर्ताको कदम चाल्न समेत सरकारसँग माग गरेका छन् । बिज्ञप्तिमा भनिएको छ ‘अतिक्रमित भूभाग फिर्ता गराई सीमा स्तम्भहरुलाई अद्यावधिक गर्नुका साथै सीमानामा नियमित पेट्रोलिङको समेत व्यवस्था गरियोस ।”

‘यो अत्यन्त गम्भीर घटना हो । यसरी देशको भूभाग र सिमाना खुलेआम अतिक्रमण हुँदा पनि यो देशको सरकार देख्न सक्दैन, थाहा पाउन सक्दैन र मुलुकको सीमा रक्षा गर्न कुनै कदम चाल्न सक्दैन । यो दुई तिहाई भनिने भारी भरकम सरकारको अकर्मण्यता, असक्षमता र लापरवाहीको चरम अभिव्यक्ति हो, खनालले जारी गरेको बित्ज्ञप्तिमा उल्लेख छ ।

जारी भएको बिज्ञप्ति:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार