राष्ट्रिय स्वतन्त्र पार्टी इलामको सभापतिमा ओडारी


सेवारो खबर  55 पटक हेरिएको

इलाम: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मंगलबार भएको भेलाले नयाँ जिल्ला कार्य समिति गठन गरेको छ ।

भेलाले इलाम जिल्ला सभापतिमा टीका ओडारी चयन गरेको छ ।

समितिको उपसभापतिमा सन्तोष श्रेष्ठ, सचिवमा गोकुल राई, सहसचिवमा दिनेशकुमार महत तथा कोषाध्यक्षमा कल्पना न्यौपानेलाई छानेको छ ।

गणेश कार्की, मिङ्मा शेर्पा, सविता दास, पवित्रा कार्की राउत, कमला अधिकारी र प्रतीक बोहोरा सदस्य भएका छन् ।

पार्टीका केन्द्रीय सहप्रवक्ता रमेश प्रसाईंलगायतको उपस्थितिमा कार्यक्रम सम्पन् भएको सचिवमा गोकुल राईले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार