रास्वपाका सभापति लामिछाने विरुद्ध तीन अभियोगमा मुद्दा चलाउन प्रहरीको सिफारिस


सेवारो खबर  24 पटक हेरिएको

काठमाण्डौ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि “सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित” मामिलामा कास्की प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

कास्की प्रहरीका प्रवक्ता वसन्त कुमार शर्माले आफूहरूले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण तीनवटै कसुरमा सजाय हुनुपर्ने मागसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको बताए ।

“हामीले आफ्नो अनुसन्धान प्रतिवेदनका साथै विभिन्न निकायहरूबाट प्राप्त अनुसन्धानलाई सघाउने दस्तावेजहरूपनि सरकारी वकिल कार्यालयमा बुझाएका छौँ,” उनले भने ।

“हामीले कसुरअनुसारको सजाय हुनुपर्छ भनेका छौँ। सहकारी ठगी, सङ्गठित अपराध, अनि सम्पत्ति शुद्धीकरणमा सजाय हुनुपर्ने मागदाबीसहित अभियोग दर्ता गरेका छौँ,” उनले भने ।

जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख एवं न्यायाधिवक्ता कमला काफ्लेले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको पुष्टि गरेकी छन् ।

“उहाँहरूले प्रतिवेदन लिएर आउनुभएको छ। धेरै फाइलहरू छन्। हामीलाई त्यसको अध्ययन गर्न केही समय लाग्छ,” उनले भनिन् ।

राजधानीबाट पक्राउ गरेर कास्कीको पोखरा लगिएयता झन्डै ६० दिनयता लामिछाने प्रहरी हिरासतमा छन् ।

कास्की जिल्ला अदालतले बिहीवार अनुसन्धानका लागि हिरासतमा राख्न सातौँ पटक म्याद थप गरेको थियो ।@bbcnepaliबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार