शर्तसहित सामाजिक सञ्जाल ‘टिकटक’ खोल्न दिने सरकारको निर्णय


सेवारो खबर  98 पटक हेरिएको

काठमाडौँ: नेपाल सरकारले शर्तसहित सामाजिक सञ्जाल ‘टिकटक’ खोल्न दिने निर्णय गरेको छ ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को आज बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले उक्त प्रस्ताव तयार गरेको थियो ।

टिकटकको प्रयोग गरेर विकृति बढाएको भनी टिप्पणी भएपछि तत्कालीन सरकारले गत कात्तिक २७ गते टिकटिकमाथि प्रतिबन्ध लगाएको थियो । @onlineradionepal.gov.np बाट ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार