‘मनोसामाजिक समस्या न्यूनिकरण गर्न मनोविमर्शकर्ता एकजुट हुन आवश्यक’

मनोसामाजिक मनोविमर्शकर्ताहरुको नेटवर्क समेत गठन


सरिता राई  117 पटक हेरिएको

विराटनगर: मनोसामाजिक समस्या न्यूनिकरण गर्न मनोविमर्शकर्ता एकजुट हुन आवश्यक रहको विराटनगरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताए । उनिहरुले मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको मनोसामाजिक मनोविमर्शका सवाल र सरोकारवालाहरुको भूमिका विषयक प्रदेश स्तरिया कार्यशाला वक्ताले मनोसामाजिक समस्या समाधानमा सरोकारवालाको एकता समेत ‌औल्याएका छन् ।

कार्यशालामा सामाजिक विकाश मन्त्रालयका प्रतिनिधि सुनिता भट्टराईले मनोविमर्श सेवा र आवस्यकता रहेको बताइन् । उनले संगठित भएर आएमा आफुहरुले समेत समन्वय गर्ने जानकारी गराउँदै भनिन  ‘सबै निकायलाई बोलाएर छलफल गरे एउटा निकास निस्किन्छ ।’

प्रद्श स्वास्थ्य मन्त्रालयका प्रतिनिधि मिलन निरौलाले यो नेटवर्क गठन गर्न अत्यावश्यक रहेको बताउँदै संगठित भएर आएमा आफुहरुले समन्वय सहकार्य गर्ने बताए ।

मनोविमर्शकर्ता राधा प्रधानले मनोविमर्शकर्ताहरुलाई सांगठनिक स्वरुप दिन आवश्यक रहेको बताइन् । उनले आफ्नो हक अधिकार व्यवस्थित गर्नका नेटवर्क बनाउनु पर्नेमा जोड दिइन् ।

मनोविमर्शकर्ता अम्बिका मगरले अहिले मनोसामाजिक समस्यामा पर्ने व्यत्तिहरु धेरै रहेको अवस्था रहेको बताउँदै, नोसामाजिक समस्यकै कारणले लैङ्गक हिंसा, बलात्कार र आत्महत्या हुने गरेको छ उनले ‘भनिन लामो समय देखि यस क्षेत्रमा काम गर्दै आएको छु । संगठित हुन नसक्दा विभिन्न समस्या झेल्नु परेको छ । अधिकार मनोसामाजिक समस्या न्यूनिकरण गर्न संगठित हुन आवश्यक छ ।’

मनोविमर्शकर्ता गितान्जली शर्माले स्थानिय सरकारले मनोविमर्शको काम नदेखेको बताउदै यसको विषयमा जानकारी तथा कार्क्रम अघि बढाउँन संगठित हुन आवश्यक रहेकोमा जोड दिइन् । अर्का मनोविमर्शकर्ता लिला थापाले मनोविमर्शलाई विशिष्टिकृत गरेर लानुपर्ने बताईन । उनले तालिम लिएर मनोविमर्शकर्तालाई सीप परिक्षण गरी सिटिईभिटीबाट प्रमाणपत्र लिन सक्ने वतावरण बनाउनु पर्नेमा जोड दिदै जसको लागि मनोविमर्शकर्ता एकजुट हुन आवश्यक रहेको बताइन् ।

जिआईजेट जेठएफडीको आर्थिक सहयोगमा भएको कार्यक्रममा विषेशगरी मनोसामाजिक मनोविमर्शकर्ताहरुको प्रदेशमा कस्तो अवस्था छ र उनिहरुलाई संगठित बनाउनका लागि नेटवर्क निर्माण गर्ने उद्देशयका साथ आयोजना गरिएको मन्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले जानकारी गराए ।

कार्यशालामा जिआईजेड शान्ति सहजकर्ता मिरोनेल डिवाइल्डले मनोविमर्शको नेटवर्कको आवश्यकता किन छ ? यसलाई कसरी चलाउने लगायतको विषयमा आफ्नो प्रस्तुती गरे । यस्तै जिआईजेटका कारोलिना बुजले मनोसामाजिक विमर्शका वर्तमान अवस्था, प्रवृती कस्तो रहेको छ भन्ने विषयमा जानकारी गराइन् ।

कार्यक्रममा मानव अधिकार मन्चका अध्यक्ष मोहनसिंह थेवेले मनोसामाजिक समस्या न्यूनिकरणमा मनोविमर्शकर्ताको एकता आवश्यक रहेको बताए । उनले सामाजिक विकास मन्त्रालायलाई मनोविमर्शकर्तहरुको हक अधिकारलाई सुनिस्चित बनाउन समन्वय सहकार्य गर्न अनुरोध समेत गरे । कार्यशालाको सहजिकरण मन्चका कार्यक्रम संयोजक पारस राईले गरेका थिए ।

मनोसामाजिक मनोविमर्शकर्ताहरुको नेटवर्क समेत गठन

कार्यशालाले प्रदेश स्तरीय मनोविमर्शकर्ताको सञ्जाल गठन गरको छ । जसलाई मनोसामाजिक मनो विमर्शकर्ताो नेटवर्क भनिएको छ ।

११ सदस्यीय नेटवर्को संयोजकत्वमा मानव अधिरकार मञ्च नेपालका रुद्र थेबेलाई संयोजक बनाएको छ ।

सहसंयोज मन्जिता उपाध्याय र सचिव मणीकुमार केरूङ सचिव रहेका छन ।

कार्यक्रममा सन्जालका संयोजक थेवेले आगामी दिनमा प्रदेशभरिका मनोविमर्शकर्ताहरुको भेला आयोजना गरी सुचिकृत र वर्गिकृत गर्ने जानकारी गराए ।

विभिन्न जिल्लाका मनोविमर्शकर्ताहारुलाई समेटी नेटवर्क गठन गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार