पहिलो एनआरएनए इलाम गोल्डकपको च्याम्पियन एनआरटी काठमाण्डौं


सरिता राई  156 पटक हेरिएको

इलामः पहिलो एनआरएनए इलाम गोल्डकपको उपाधी न्यू रोड टिम (एनआरटी) काठमाण्डौंले चुमेको छ ।

शनिबार उपाधीकाल लागि इलाम बजारको ठूलो टुँडिखेलमा भएको खेलमा ट्राईबेकरमा एनाआरटिले ४-३ अन्तरले झापालाई हराएको हो ।

निर्धारित समय ९० मिनटमा दुबै टिमले गोलरहित बराबरी खेलेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो ।

ट्राईबेकरमा एनआरटीका जय गुरुङ, विदेशी खेलाडी गोल रक्षक येभ्स प्रिसो, सुुमित श्रेष्ठ, र विवेक गुरुङले गोल गरे । राजीव लोप्चनको प्रहार भने झापाका गोलकिपरले बचाए ।

बिर्तामोडका घनश्याम मुर्मु, योगेश गुरुङ र देवेन्द्र तामाङको प्रहारले जाली चुम्यो । प्रदीप बुढाथोकी र अनिल गुरुङको प्रहार भने विपक्षी गोलकिपरले बचाए ।

उपाधीलका लागि भएको खेलमा म्यान अफ दि म्याच झापाका हिसुव थपलिया घोषित भएको हो ।

प्रतियोगिताको खेल अवधिभरी बेष्ट प्य्लेयर बिर्तामोड झापाका खेलाडी रोहन कार्की, बेष्ट डिफेन्डरमा झापाका सन्जित राई र बेष्ट मिड फिल्डर झापाका योगेश गुरुङ्गले प्राप्त गरे ।

बेस्ट फर्वार्डमा एनाआरटिका राजिव लोप्चन, बेष्ट गोल किप्परमा प्रिसो र बेष्ट कोचमा एनाआरटिका कोच हरि ओम श्रेष्ठले भए ।

सर्वाधिक गोलकर्ता रेडहर्स फुटबल क्लबका नवयुग श्रेष्ठले प्राप्त गरे । राईजिङ्ग स्टार अवार्ड रेडहर्स फुटबल क्लब इलामका बिवेक मगर भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार