अनुगमनका क्रममा भेटियो पसलको लापरबाही, सुधार गर्न आग्रह


सेवारो खबर  149 पटक हेरिएको

इलामः इलाम बजारको पसलहरूले उपभोक्ताको हितमा लापरबाही गरेको पाइएको छ । नगरपालिकाको संयोजनमा सोमबार भएको बजार अनुगमनका क्रममा पसलहरूले उपभोक्ताको हितमा लापरबाही गरेको थाहा भएको हो ।

बजारको भानुपथमा, मालापथका पसलमा राखिएका उपभोग्य सामग्रीको तौल नपुगेको अनगुमनमा सहभागीले बताएका छन् ।

इलाम अस्पतालको फार्मेसीमा म्याद गुज्रिएका औषधि समेत भेटिएको छ । अस्पतालमा स्वास्थ्य बीमाबाट दिइने स्टोरमा म्याद गुज्रिएका औषधि राखेको पाइएको हो ।

इलाम नगरपालिका उपमेयर बिष्णु दाहालको नेतृत्वमा भएको बजार अनुगमनमा जिल्ला प्रसासन, जिल्ला प्रहरी, नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, सञ्चारकर्मी लगायतको सहभागीतामा रहेको थियो ।

बजारका ३३ वटा पसलमा गरिएको अनुगमनमा खाद्यान्न पसल, होटल, औषधी तथा मासु पसलमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा म्याद गुज्रिएका औषधी तत्काल हटाउन, कम तौलका सामान बिक्री गर्ने पसललाई तत्काल सुधार गर्न भनिएको छ ।

कम तौलका सामान बिक्री गर्ने पसलको पुन अनुगमन गर्ने र पुन त्रुटी पाइए आवश्यक कारबाही गरिने अनुगमन टोलीले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार