रोङः इलामको रोङ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले गाउपालिका को १० जना सहिदको परिवारलाई सम्मान गरेको छ ।
माओबादीको सहिद सप्ताह अन्तरगत आइतबार रोङ गाउपालिका ३ को कुटिडाँडामा आयोजित एक कार्यक्रममा सहिदको योगदानको स्मरण गर्दै सहिद परिवारलाई सम्मान गरेको हो ।
सम्मानित हुने सहिद परिवारमा सहिदहरु क्रमश जीवन प्रधान, लिला तिम्सिना, फौदसिंह लिम्बु, किसान राई, सुरेन्द्र राई, प्रमिला राई पूणर् गुुरुङ, चेतन भटराई, धनबहादुर मगर र हरि दाहालको परिवार रहेका छन् ।
सहिद परिवारलाई कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री दुर्गाप्रसाद चापागाइले दोसल्ला र सम्मान पत्रले सम्मान गरे ।
दश बर्षे जनयुद्ध कालमा राज्य पक्षबाट मारिएकाको सम्झनामा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।
माओवादी केन्द्र रोङका अध्यक्ष देबकुमार राईको सभापतित्वमा भएको मन्त्री चापागाइले १० बर्षे जनयुद्धको फलस्वरुप अहिले देशमा ३ तहको सरकार बनेको भएपनि जनताको मनबाट माओबादी पार्टी ओझेल हुँन थालेको दुखेसो सुनाए ।
मन्त्री चापागाईले जनयुद्ध र सहिदको सम्मानमा उपयुक्त स्थानमा सहिद पार्क बनाउन आगामी बर्ष बजेट र कार्यक्रम पार्ने जानकारी गराए ।
हिल उड रिसोर्टमा भएको कार्यक्रममा माओबादी रोङका इन्चार्ज घनश्याम थापा, भक्तबहादुर खवास, लगायतले पाटीको बर्तमान अवस्था र चुनौतीको बारेमा धारणा राखेका थिए ।