असोज ६ गतेदेखि साहस उर्जाको आईपीओ खुल्दै


सेवारो खबर  192 पटक हेरिएको

काठमाडौं: साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । निष्कासन गर्ने कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ ।

बाँकी रहको ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । आईपीओ बन्द मिति छिटोमा असोज १० गतेसम्म रहेको छ  । उक्त समय अवधिमा पूर्ण आवेदन नपरेमा असोज २० गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीले निष्कासन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यलयबाट र मेरो शेयर मार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

सर्वसाधारणको लागि आईपीओ निष्कासन बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ५० करोड पुग्नेछ । कम्पनीले हाल सोलुखुम्बु जिल्लाको सोलुदुधकण्ड नगरपालिका र थुलुङ्गदुधकोशी गाउँपालिकामा ८६ मेगावट क्षमताको सोलु खोला दुधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाबाट २०७९ जेठ २० गतेदेखि विद्युत् उत्पादन हुने सम्भावना रहेको कम्पनीले जानकारी गराएको छ । @www.abhiyandaily.comबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार