संविधान दिवसको अवसरमा सूर्योदय नगरपालिकामा दौड प्रतियोगिता


सेवारो खबर  253 पटक हेरिएको

इलाम: संविधान दिवसको अवसरमा सूर्योदय नगरपालिकामा दौड प्रतियोगिता गरेको छ । पर्यटकीय क्षेत्र कन्यामदेखि फिक्कल बजारसम्म ५ किलोमिटर दौड प्रतियोगिता गरेको हो ।
दौडमा पुरुष तर्फ विवेक राई प्रथम, दिवस राई  द्वितीय, र गणेश मगरले तृतिय पुरस्कार हात परे । महिला तर्फ मनिका घले प्रथम, भावना थुलुङ द्धितिय, काजुना राई तृतिय र चाँदनी राईले सान्तवना स्थान हासिल गरिन् ।
४० बर्षमाथिको भेट्रानको उपाधि सन्जिव कार्की प्रथम,  रणविर राई द्धितिय, नारायण कटुवाल तृतिय र विकास फागुले सान्तवना पुरस्कार जीते ।
ओलम्पियन बैकुण्ठ मानन्धरको प्रमुख आतिथ्यतामा भएको दौडमा खुल्ला तर्फ रुपेश राईले जितेका छन् । विजेतालाई ओलम्पिय मानन्धर, गीतकार बुद्धविर लामा र नगर प्रमुखले प्रमाणपत्र एवम नगद पुरस्कार हस्तान्तरण गरे ।
दुई सय भन्दा बढि सहभागिता प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा बैकुण्ठ मानन्धरले खेलकुदले सभ्य र असल नागरिक जन्माउने भएकाले सरकारले खेलाडीको निम्ति ध्यान दिनुपर्ने बताए ।

‘सरकार खेल र खेलाडीको विषयमा गम्भिर बन्न सकेको छैन माननधरले भने संविधानलाई केही शक्तिहरु टुक्राउन लागेको छन् । सवै नेपालीले संविधानको रक्षामा लाग्नुपर्छ ।’

सूर्योदय नगरपालिकाको खेलप्रेमी र खेलाडीहरूसित साक्षात्कार गरी उत्प्रेरणा दिलाउने नगरपालिकाको उद्देश्य रहेको नगर प्रमुख रणबहादुर राईले बताए ।
सूर्योदयले हरेक बर्ष संविधान दिवसको अवसरमा कन्याम देखि फिक्कलसम्म रोड रेड आयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार