इलाममा ५४ हजार ९ सय बढी नागरिकले कोभिड बिरूद्वको खोप लगाए, कुन पालिकामा कति ?


सेवारो खबर  303 पटक हेरिएको

इलाम: इलाममा ५४ हजार ९ सय ३६ जनाले कोभिड विरूदको खोप लगाई सकेका छन् । जसमा २३ हजार ६ सय ४३ जनाले खोपको पहिलो मात्रा मात्र लगाएको स्वाथ्य कार्यालयको तथ्याङ्क छ ।

दुई लाख ३५ हजार तीन सय १८ जना नागरिक अझै खोपको प्रतिक्षामा रहेका छन् । जिल्लामा दुई लाख ९० हजार दुई ५४ जनसंख्या छ ।
अहिलेसम्ममा खोपको एउटै मात्रा लाए पुग्ने खोप जन्सन एण्ड जन्सन १५ हजार ५ सय ९८ जनाले लगाएका छन् ।
१५ हजार ६ सय ९५ जनाले कोभिसिल्ड खोप लगाई सकेका छन् । यस्तै भेरो सेलको पहिलो मात्रा २३ हजार ६ सय ४३ जनाले लगाएको स्वाथ्य कार्यालयको तथ्याङ्क छ ।

४८ हजार ५ सय ३६ जनसंख्या भएको इलाम नगरपालिकामा १२ हजार ८ सय २३ जनाले खोप लगाएका छन् । उनिहरू मध्ये तीन हजार ५ सय ८३ जनाले एउटै मात्रा लगाए पुग्ने जन्सन एण्ड जन्सन खोप लगाएका छन् । दुई हजार ७ सय १० जनाले कोभिसिल्ड खोप लगाएको तथ्याङ्क छ । छ हजार पाँच सय ३० जनाले भेरोसेलको पहिलो मात्रा खोप लगाएका छन् ।

५६ हजार छ सय ९१ जनसंख्या भएको सूर्योदय नगरपालिकामा १० हजार तीन सय ८८ जनाले खोप लगाएका छन् । उनिहरू मध्ये तीन हजार एक सय २१ ले जन्सन एण्ड जन्सन खोप लगाएका छन् । तीन हजार दुई सय पाँचले कोभिसिल्ड लगाएका छन् । चार हजार ६२ जनाले भेरो सेलेको पहिलो मात्रा लगाएका छन् ।

३२ हजार ९ सय २७ जनसंख्या भएको देउमाई नगरपालिकामा छ हजार १२ जनाले खोप लगाएका छन् । उनिहरू मध्ये एक हजार सात सय दुई जनाले जन्सन एण्ड जन्सन र एक हजार ८ सय बीस जनाले कोभिसिल्ड खोप लगाएको तथ्याङ्क छ । दुई हजार चार सय ९० जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् ।

३४ हजार ९ सय १४ जनसंख्या भएको माई नगरपालिकामा चार हजार छ सय ४४ जनाले खोप लगाएका छन् । उनिहरू मध्ये एक हजार तीन सय ७०ले जन्सन एण्ड जन्सन र एक हजार तीन सय १४ जनाले कोभिसिल्ड खोप लगाएको बताइएको छ । एक हजार ९ सय ६० ले भेरोसेलको पहिलो मात्रा लगाएको तथ्याङ्क छ ।

२१ हजार ९ सय १९ जनसंख्या रहको फाकफोकथुम गाउँपालिकामा तीन हजार छ सय ६४ जनाले खोप लगाएका छन् । उनिहरू मध्ये आठ सय ८५ जनाले जन्सन एण्ड जन्सन र एक हजार एक सय ३७ जनाले कोभिसिल्ड लगाएका छन् । एक हजार छ सय ४२ ले भेरोसेलको पहिलो मात्रा लगाएको तथ्याङ्क छ ।

२० हजार ८ सय २० जनसंख्या भएको चुलाचुली गाउँपालिकामा चार हजार एक सय ३० जनाले खोप लगाएका छन् । उनिहरू मध्ये एक हजार दुई सय ४० जन्सन एण्ड जन्सन र एक हजार तीन सय १६ कोभीसिल्ड खोप लगाएका छन् । एक हजार पाँच सय ७४ जनाले भेरोसेलको पहिलो मात्रा खोप लगाएका छन् ।

२१ हजार ४४ जनसंख्या रहेको माई जोगमाई गाउँपालिकामा तीन हजार आठ सय २२ जनाले खोप लगाएका छन् । उनिहरू मध्ये एक हजार एक सय ३९ ले जन्सन एण्ड जन्सन र एक हजार एक सय नौ जनाले कोभीसिल्ड खोप लगाएका छन् । एक हजार पाँच सय ७४ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् ।

१८ हजार ५ सय तीन जनसंख्या भएको माङ्सेबुङ गाउँपालिकामा दुई हजार पाँच सय ३९ जनाले खोप लगाएका छन् । उनिहरू मध्ये छ सय ४५ ले जन्सन एण्ड जन्सन र नौ सय ९५ जनाले कोभीसिल्ड खोप लगाएका छन् । आठ सय ९९ जनाले भेरोसेलको पहिलो मात्रा लगाएको तथ्याङ्क छ ।

१९ हजार एक सय ३५ जनसंख्या भएको रोङ गाउँपालिकामा तीन हजार सात सय ६१ ले खोप लगाएका छन् । उनिहरू मध्ये एक हजार १४ ले जन्सन एण्ड जन्सन र एक हजार ८७ ले कोभीसिल्ड खोप लगाएका छन् । एक हजार छ सय ६० ले भेरोसेलको पहिलो मात्रा लगाएका छन् ।
१६ हजार ६५ जनसंख्या रहेको सन्दकपुर गाउँपालिकामा तीन हजार एक सय ५३ जनाले खोप लगाएको तथ्याङ्क छ । उनिहरू मध्ये आठ सय ९९ जन्सन एण्ड जन्सन र एक हजार दुई कोभीसिल्ड खोप लगाएका छन् । एक हजार दुई सय ५२ भेरोसेलको पहिलो मात्रा लगाउँनेको संख्या छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार