सानिमा माई हाइड्रोपावरले गर्यो गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक


सेवारो खबर  383 पटक हेरिएको

काठमाण्डौ: सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले ४० करोडभन्दा धेरै नाफा आर्जन गरेको छ ।

सो अवधिसम्म आइपुग्दा कम्पनीले ४० करोड ६८ लाख ९८ हजार रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १०.९१ प्रतिशतले धेरै हो । कम्पनीले अघिल्लो वर्षको सोहि अवधिमा ३६ करोड ६८ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानीमा भने सामान्य घटेको छ । कम्पनीको  विद्युत बिक्रीबाट हुने आम्दानीबाट ८५ करोड ३ लाख ९ हजार रुपैयाँ सिमित भएको छ । जबकी अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ८६ करोड ७ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानीमा १.२१ प्रतिशतले घटेको हो।

कम्पनीले सो अवधिमा अन्य स्रोतबाट १ लाख ४२ हजार रुपैयाँमा आम्दानी गरेको छ । कम्पनीले अघिल्लो वर्ष ११ लाख १२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ८४ लाख १० हजार रुपैयाँ रहेका छ । त्यसैगरी, प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ छ । @arthasansar.comबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार