इलामः इलाममा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण सबै भन्दा बढी युवामा देखिएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार १९ देखि ४० वर्षका युवामा संक्रमण अत्याधिक देखिएको छ ।
१९ देखि ४० वर्षको उमेर समूहका संक्रमित सबै भन्दा बढी रहेका छन् । उमेर समूहमा दुई हजार ५० जनामा संक्रमण देखिएको छ । यसमा ९ सय ४३ जना महिला र एक हजार एक सय ७ जना पुरुष संक्रमित भएको तथ्याङ्क छ ।
४१ देखि ६० उमेर समूहमा एक हजार ३७ जना संक्रमित भएका छन् । यसमा ४ सय ४५ महिला र ५ सय ९२ पुरुष रहेका छन् ।
६१ देखि ८० उमेर समूहका ३ सय २३ जना संक्रमित छन् । यसमा एक सय २८ महिला र एक सय ९५ पुरुष छन् ।
भाइरसको दोस्रो लहरले साउन २५ गतेसम्ममा १ देखि १८ वर्षको ५ सय ५९ संक्रमित भएका छन् । यसमा दुई सय ९४ बालिका र दुई सय ६५ बालक रहेका छन् ।
८० देखि माथिका उमेर समूहमा ३७ जना संक्रमित भेटिएको तथ्याङ्क छ । यसमा १४ महिला र २३ पुरुष छन् ।
लिङ्गको आधारमा हेर्ने हो भने तीन सय ५८ जना बढी पुरुष संक्रमित देखिएका छन् । यसमा १८ सय २४ महिला र २१ सय ८२ पुरुष छन् ।
जिल्लामा साउन २५ गतेसम्ममा संक्रमितको संख्या ४ हजार ६ पुगेको छ । आज एक सय ११ जना संक्रमित थपिए । संक्रमित मध्ये ३ हजार ८९ जना उपचारपछि निको भएकाे तथ्याङ्क छ ।
जिल्लामा ८९ जनाको संक्रमणले निधन भएको छ ।