फिदिम: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को १ नम्बर प्रदेशको अध्यक्ष विजयबोध लावती भएका छन् । सोमबार सम्पन्न तेस्रो प्रदेश महाधिवेशनले लावतिको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्ष खनेन्द्रकुमार राई (अर्जुन), सुप्रिया राई, महासचिव लीलाबहादुर सुनुवार, सचिव रामचन्द्र तामाङ, दिलबहादुर राई र कोषाध्यक्ष सन्दिप याम्फु छानिएका छन् ।
सदस्यमा अरुणकुमार राई, अजय सन्तोषी राई, कृष्ण फुरुम्बो, मौसम सम्बाहाम्फे, रमिला दनुवार, मेनुका डुम्जन तामाङ, निशा राई, अमित तामाङ, जयराम पूर्वछाने मगर, श्रवण चौधरी, निश्चल राजभण्डारी र नेत्रकुमार सुनुवार छन् ।
लेखा समिति संयोजकमा प्रेम देवान, सदस्य अनिलदेव राई, अनुशासन समिति संयोजक ब्रहमलाल हजारी र सदस्य अशोक गुरुङ निर्वाचित भएका निर्वाचन समिति संयोजक दिपीन राईले जानकारी गराए ।