‘पहिचान पक्षधर बीच एकता आवश्यक’


सेवारो खबर  34 पटक हेरिएको

फिदिम: पहिचानका प्राप्तिका लागि पहिचान पक्षधर बीच एकता आवश्यक रहेको पान्थरको एक कार्यक्रमका बत्ताले बताएका छन् ।

उनिहरुले शनिबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेशको तेस्रो महाधिवेसन उद्घाटन समारोहमा बोल्दै पहिचानलाई स्थापित गराउँन पहिचान पक्षधरको एकता आवश्यक रहेको औल्याएका छन् ।

प्रदेश सासंद तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जबेगुले पहिचानका प्राप्तिका लागि पहिचान पक्षधर एकजुट हुनुको बिकल्न नरहेको बताए । उनले पहिचान बिनाको कोही पनि हुँदैन सबैको पहिचानलाई स्वीकार गर्दै सम्बोधन हुनुपर्नेमा जोड दिए ।

‘पहिचान सम्बोधन नभएमा लडेर पनि पहिचान स्थापित गर्नुपर्छ सांसद जबेगुले भने संचारकर्मीले पनि यस विषयमा प्रष्ट बोल्नु आवश्यक छ । पहिचान के हो सबैलाई बुझाउनु अहिलेको आवश्यकता हो ।’

जिल्ला समन्वय समिति प्रमुख यामकरमार आङ्बोले पहिचानको विषयलाई लिएर भइरहेको आन्दोलनलाई सबैले बुझेर जानुपर्नेमा जोड दिए । उनले यसको आवश्यकता र औचित्यलाई समेत केलाउन आवश्यक रहेको बताए ।

फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानले सुशासन र दिगो शान्तिका लागि सबैको पहिचानलाई राज्यले स्वीकार गर्नु पर्ने बताए । उनले राजनीतिक उपलब्धीको भर्याङको रुपमा मात्रै पहिचानलाई लिन नहुँनेमा जोड दिए ।

फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुरसिंह नेम्बाङले पहिचानलाई सम्बोधन गर्न सकेको खण्डमा मात्र सुशासन संस्थागत हुँने बताए । उनले पहिचानलाई सम्बोधन गर्न सके मात्र दिगो विकाससँग शान्तिको संस्थागत हुनेमा जोड दिए ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष सागर केरुङले सरकारले आदिवासी जनजातिको आवाजलाई सम्बोधन गर्नु पर्ने बताए । उनले संचारकर्मीले समेत आदिवासी जनजातिको आवाजलाई बोल्नुपर्नेमा जोड दिदै भने ‘पहिचानको पक्षमा पनि बोलिदिनुहोस । पहिचानको पक्षधरले उपलब्धिका लागि एकता अनिवार्य छ ।’

फोनिज प्रदेश अध्यक्ष सन्तबीर लामाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारकर्मी अग्रज संचारकर्मी जनकऋषि राई, विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष भरत खड्का महासचिव हिमा चेम्जोङ, संघीय सदस्य लभदेव ढुङ्गाना, अर्जुन जुम्नेली राई, निलिफा सुब्बा लगायतले पहिचान प्राप्तिका लागि एकतासँग सामुहिक आवाज आवश्यक रहेको बताए ।

उद्घाटन समारोहमा फोनिज प्रदेशको प्रकाशन अग्रगामी कदमको दोस्रो अंक समेत विमोचन भएको थियो । तीन दिन सम्म चल्ने अधिवेसनले फोनिज प्रदेशको नयाँ कार्य समित चयन गर्ने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार