नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)पार्टी इलामको १०औं अधिवेसन चैतमा हुँने

अधिवेसन सम्पन्न गर्न सात वटा उपसमिति गठन


सेवारो खबर  77 पटक हेरिएको

इलाम: नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) इलाम जिल्ला अधिबेसन आउँदो चैत्र १ र २ गते हुँने भएको छ ।

पार्टीको अधिबेसन आयोजक कमिटीको शुक्रबार बसेको पूर्ण बैठकले अधिवेसनको मिति तय गरेको हो ।

अधिबेशन आयोजक कमिटीका अध्यक्ष रणबहादुर राईको अध्यक्षतामा भएको बैठकले अधिवेसन सम्पन्न गर्न सात वटा उपसमिति गठन गरेको जनाइएको छ ।

टेकबहादुर राईको संयोजकत्वमा आर्थिक उपसिमिति बनाएको छ । सदस्यहरुमा शिवकुमार बस्नेत, कृष्ण भट्टराई, निर्भिक चित्रकार खनाल, सञ्जिव राई, रिन्जी शेर्पा र मदन समाल रहेका छन् ।

पार्टीले देवेन्द्र शर्माको संयोजकत्वमा अधिवेसन व्यवस्थापन उपसमिति गठन गरेको छ । व्यवस्थापन समितिका सदस्यहरुमा जयकुमार राई सरण राई हुकुम थामी चन्द्र खत्री र कुनाल राई छन् ।

मानबहादुर गुरुङको संयोजकत्वमा कार्यालय संचालन सचिवालय गठन गरेको छ । सदस्यमा दिपेश राई, चेतन अधिकारी, डिकेन्द्र दहाल, सोनम राई, हेमराज लिम्बू र राजेन चाम्लिङ रहेका छन् ।

स्वयंमसेवक परिचालन उपसमिति पेमा उगेन लामा संयोजकत्वमा गठन गरेको छ । सदस्यहरुमा श्यामकुमार राई, खगेन्द्र बास्तोला, मिसन चाम्लिङ, जीवन थामी, महेश बान्तवा, मदन तामाङ र दिलसिंह लिम्बू रहेका छन् ।

जीतबहादुर राईको संयोजकत्वमा प्रतिवेदन तयार उपसिमिति गठन भएको छ । सह संयोजक रुपनारायण अर्याल रहेको उपसमितिका सदस्यहरुमा छिरिङ सेर्पा, कमल गदाल, सुवास राई, लता गौतम, दिनानाथ मिश्र र नेत्र पराजुली रहेका छन् ।

चित्रकला बराइलीको संयोजकत्वमा संगठनात्मक प्रतिवेदन उपसिमिति गठन भएको छ । सदस्यहरुमा बीरबहादुर लाप्चा, हरि लुङ्गेली, एकराज घिमिरे, सन्तोष पराजुली, मदन लामीछाने र केशर बहादुर राई रहेका छन् ।

राजकुमार दाहालको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन भएको छ । सदस्यहरुमा सम्भूजित दाहाल, जयकुमार राई, तोया ओली, साबित्रा पोखरेल र याम माबोहाङ रहेका छन् ।

बृस प्रधानको संयोजकत्वमा सास्कृतिक कार्यक्रम उपसमिति बनाएको छ । तुलसी क्षेत्री, सपना राई, कमल अर्याल र चन्दन किशोर लिम्बू रहेका छन् ।

पार्टीका केन्द्रीय सचिव बलदेव चौधरीको प्रमुख अतिथी रहेको बैठकमा पार्टीका पोलिटब्युरो सदस्य तथा इलाम इन्चार्ज खिनु लङ्वा लिम्बु, पोलिटब्युरो सदस्य धर्मराज निरौला र केन्द्रीय सदस्य भक्त कसीले संगठनको विषयमा बोलेका थिए ।

पार्टी अधिवेसन आयोजक कमिटी सदस्य चित्रकला बराइलिले स्वागत गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार