महिला संघ इलामको नेता तथा कार्यकर्तालाई बिधान बिपरित कार्य नगर्न आग्रह


सेवारो खबर  32 पटक हेरिएको

इलाम: नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ इलामकी अध्यक्ष बबिता लिङदमले  संघका पदाधिकारीलाई विधान विपरित कार्य नगर्न आग्रह गरेकी छिन् ।

नेपाल महिला संघ र यसका नेता कार्यकर्ताले विधान बिपरित जिल्लामा समानन्तर समिति निर्माण गरेर संघका सदस्यलाई विभाजित गराउँने काम गरेको अध्यक्ष लिङदमले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

‘कृयाशिल सदस्य बितरणको नाममा अबैधानिक कृयाकलाप सञ्चालन गर्ने काम भएकोमा गम्भिर ध्यानाकर्षण भएको छ’ बिज्ञप्तिमा भनिएको छ नेपाल महिला संघको अधिवेसन सम्पन्न गर्नका लागि पार्टीको केन्द्रीय कार्य समितिले नेपाल महिला संघको महाधिवेसन केन्द्रीय निर्देशन समिति गठन गरेको छ । समितिले जिल्लामा देखिएको समस्या समाधानका लागि निरन्तर छलफल गरिरहेको सन्दर्भमा समस्या समाधानको प्रयासलाई नै प्रभावित पार्ने गरी भइरहेको सबै अबैधानिक कृयाकलाप बन्द गर्न सबैमा आव्हान गर्दछु ।”

बिज्ञप्तिमा भनिएको छ ‘महिला संघका सम्पूर्ण सदस्यहरुलाई यस्ता भेलामा सरिक नहुँन र संगठनलाई कमजोर बनाउँने सबै प्रयास बिफल बनाउँन एकढिक्का भएर लाग्न समेत आग्रह गर्दछु ।’

बिज्ञप्ति: 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार