ताप्लेजुङ प्रवेश गर्ने राजमार्ग बन्दको घोषणा


सेवारो खबर  169 पटक हेरिएको

इलाम: मुक्कुमलुङ (पाथीभरा) संरक्षण संयुक्त संघर्ष समितिले भोली पुस २१ गतेदेखि ताप्लेजुङ प्रवेश गर्ने राजमार्ग अनिश्चितकालका लागि बन्दको घोषणा गरेको छ ।

समितिले लामो समयदेखि मुक्कुमलुङ क्षेत्रमा केबुलकार खारेजीको माग गर्दै आन्दोल गरिरहेको छ ।

पक्राउ परेका ३ संरक्षणकर्मीको रिहा नभइञ्जेलसम्म सडक बन्द रहने समितिले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

जारी बिज्ञप्तीमा मेची राजमार्ग, तमोर कोरिडोर र मध्य पहाडी राजमार्ग बन्द रहने जनाइएको छ ।

गएको पुस १७ गते जनम लिम्बू, सुशिल लिम्बू र संजोग लिम्बूलाई (नाम्जाङ्गे) तल्लो फेदिबाट प्रहरीले गिरफतार गरी हिरासतमा म्याद थप गर्दै राखिएकोले बिना सर्त रिहा गरिनुपर्ने संघर्ष समितिको माग छ । प्रहरीले पक्राउ गर्न अगाडि नाम्जाङ्गेमा भिजिलान्तेले पक्राउ परेकालाई कुटपीट गरेको बिज्ञप्तिमा भनिएको छ ।

जारी बिज्ञप्ती:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार