मानव अधिकार मञ्च नेपाल इलामको अध्यक्षमा पुन:थेबे


सरिता राई  318 पटक हेरिएको

इलाम: मानव अधिकार मञ्च नेपाल इलामले बिहिबार १० अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले मोहनसिंह थेबेको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा डिमला राई, सचिव सर्मिला राई सहसचिव सावित्रा सिवा र  कोषाध्यक्षमा शारदा सुब्बालाई चयन गरेको छ । यस्तै सदस्यहरुमा केशरकुमारी तिम्सिना र कुलदिप घिमिरे रहेका छन् । मञ्चको पदेन सदस्यमा कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्मा रहेका छन् ।

मानव अधिकार मञ्चले आजै २६ औं साधारण समा समेत सम्पन्न गरेको छ । साधारण सभामा मञ्चका सचिव दुर्गादेवी भट्टराईको तर्फबाट कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्माले संस्थाको सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।

संस्थाको कोषाध्यक्षका तर्फबाट लेखा प्रमुख कोपिला कार्कीले संस्थागत आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । संस्थाका लागि आवश्वयक पाँच निर्देशिका तथ कार्यविधी मञ्चका मनकुमार बराइलीले प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार