मानव अधिकार मञ्च नेपाल इलामको नागरिक शान्ति सेवा भवन शिलन्यास


सेवारो खबर  98 पटक हेरिएको

इलाम: मानव अधिकार मञ्च नेपाल इलामले बिहिबार नागरिक शान्ति सेवा भवनको शिलन्यास गरेको छ । कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले भवनको शिलन्यास गरेका हुन ।

इलाम नगरपालिका वडा नम्बर ८ तिल्केनीमा प्रदेश सरकारको तीस लाख आर्थिक सहयोगमा भवन निर्माण हुन लागेको हो । सहरी विकास तथा भवन कार्यालयको प्राविधिक सहयोग यो आर्थिक वर्षके अन्त्यसम्ममा भवन निर्माण भइसक्ने निमार्ण पक्षले जनाएको छ ।

मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा मन्त्री रानाले समाज निर्माणमा मञ्चको योगदानलाई सहयोग गर्ने बताए । कार्यक्रममा इलाम नगरपालिकाकी उपप्रमुख विष्णु दाहाल लिम्बू, प्रहरी नायब उपरीक्षक मानबहादुर राई, वडा अध्यक्ष दलमान तामाङ, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष भीम चापागाई लगायतको उपस्थीति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार