महासंघ इलाममा ३ जना निर्वाचित २३ पदका लागि ३४ जनाको उम्मेद्वारी दर्ता


बुद्दमाया सोङ्मी  86 पटक हेरिएको

इलाम: नेपाल पत्रकार महासंघ इलामको २३ पदका लागि ३४ जनाले उम्मेद्वारी दिएका छन् । शाखाको ३ पद भने निर्विरोध निर्वाचित भएका भएका छन् ।

शाखाको उपाध्यक्षमा, कोषाध्यक्ष र दलित सदस्य निर्विरोध निर्वाचित भएका छन् । एक मात्र मनोनयन परेपछि लोकेन थेबे उपाध्यक्ष, भगिरथ भण्डारी कोषाध्यक्षमा / दलित सदस्यमा योगेन्द्र शंकर निर्विरोध निर्वाचित भएका हुन । अध्यपी निर्वाचन समितिले घोषणा गर्न बाँकी छ ।

यस्तै प्रदेश पार्षदमा बिमलकुमार दाहाल, दुर्गाभवानी पोख्रेल, राजिव न्यौपाने, सोमनाथ सुनुवार र शिव मुखिया निर्विरोध छानिएका छन् ।

निर्वाचन समितिका अनुसार एक अध्यक्षमा रामकुमार लिम्बू योङहाङ र भीम चापागाईले मनोनयन दर्ता गरेका छन् ।

एक पदको उपाध्यक्ष महिला,  सचिव, सहसचिव खुला, सहसचिव समावेशी, महिला सदस्य, आदिवासी जनजाति सदस्यका दुई दुई जनाको उम्मेद्वारी दर्ता भएको छ । उम्मेद्वारी दर्ता गर्नेहरुमा उपाध्यक्षमा सुनिता राई र सिर्जना श्रेष्ठ रहेका छन् । सचिव पदका लागि टिका खतिवडा र बालकृष्ण बस्नेत, सहसचिव समावेशीमा बलबहादुर बराइली (बलराम), सहसचिव खुलामा तीलबिक्रम दर्जी र बिनु खड्काले मनोनयन दर्ता गरेका छन् । महिला सदस्यमा गंगा पराजुली र सबिता पाण्डे,  आदिवासी जनजाति सदस्यमा सङसेमी माङयुङ र सुनिता मगरले उम्मेद्वारी दर्ता गरेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै खुला सदस्य छ जनाका लागि ९ जनाको मनोनयन दर्ता भएको छ । सदस्यका लागि खेमराज ढकाल, ठोमनाथ तिम्सिना (विनय), देवीप्रसाद पौडेल, नमिन ढकाल, प्रकाश नेपाल, मनिस बस्नेत, मनोज अधिकारी, यामकुमार माबो लिम्बू र रोशन काफ्ले रहेका छन् ।

दुई केन्द्रीय परिषद सदस्य पदमा तीन जनाको उम्मेद्वारी परेको छ । परिषद सदस्यमा गणेश घिमिरे, युवराज भट्टराई र सुजता मुखिया रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार