इलाम: मानव अधिकार मञ्च नेपाल इलामले मानव अधिकारको स्थिती विषयक जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम मंगलबार आज सम्पन्न गरेको छ । मञ्चले ७६ औ विश्व मानव अधिकार दिवस तथा लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियानको सन्दर्भमा अन्तरकृया कार्यक्रम गरेको हो ।
कार्यक्रममा मानव अधिकारको अनुगमन र अभिलेखिकरणको वार्षिक स्थिती प्रतिवेदन प्रस्तुत गरिएको थियो । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका प्रतिनिधि मनोज अधिजारिले आफ्नो वर्षिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा जिल्लामा नागरिक अधिकारका ४८, राजनीतिक अधिकारका ६, सामाजिक सांस्कृतिक अद्धिकारका ३, आर्थिक अधिकारका ४, सार्वजनिक अपराधका ६४, सवारी दुर्घटनाको ५४, प्रकोप वा अन्य दुर्घटनाको ५० वटा घटना उल्लेख छ । यस्तै इन्सेकको प्रतिवेदनमा ६६ वटा घटना र जसमा ६८ जना पिडित रहेको उल्लेख छ ।
प्रस्तुत प्रतिवेदनमाथि स्थानीय सरोकारवालाबीच छलफल समेत गरिएको छ ।
मानव अधिकार मन्चका अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतामा भएको कार्यक्रममा इलाम १ का संघीय सासंद महेश बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राई, नेपाली काङ्ग्रेसका महासमिति सदस्य होम दुलाल, नेकपा एमालेका जिल्ला सचिव रबिन्द्र सुवेदी, नेकपा माओवादी केन्द्रका प्रवास शर्माले, बरिष्ठ अधिवक्ता जसबहादुर लुङ्गेलिले सहायक प्रमुख जिल्ला अधिकारी रमेश राई, उच्च बारका उपाध्यक्ष लोकबहादुर तामाङ, ओसिएमसी इलाम अस्पतालकी प्रमुख सबिना श्रेष्ठले मानव अधिकारको सवालमा सरोकारवाला गम्भिर भए लैङ्गिक हिंसा नहुँनेमा जोड दिए ।