देउमाई: स्वाथ्य चौकी जीतपुरले आइतबार जीतपुर नवमीमा शुभकामना तथा सम्मान कार्यक्रम गरेको छ ।
कार्यक्रममा स्वाथ्य चौकीको नियमित सेवा सञ्चालन गर्न पूर्वाधार निर्माणमा सहयोग गर्नेलाई कदर पत्र र उमेर हद पुरा भएपछि अवकास हुन लागेका सामुदायिक महिला स्वथ्य स्वंय सेविकालाई सम्मान गरेको स्वाथ्य चौकी प्रमुख राजकुमार चौधरीले जानकारी गराए ।
वडा अध्यक्ष तथा स्वाथ्य चौकी व्यवस्थापन समिति अध्यक्ष यमकुमार तुम्बाहाम्फे लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगी शुरेश मोरोहाङ लिम्बू, पूर्व शिक्षक खेमबहादुर माबोहाङ लिम्बू र राजनीतिकर्मी डम्बर बहादुर खड्कालाई कदर पत्र प्रदान गरेको छ । उनिहरुलाई दोसल्ला सहित प्रमाण पत्र समेत प्रदान गरिएको जनाइएको छ ।
स्वाथ्य चौकीमा सोलार बत्ति जडान गर्न माबोहाङले एक लाख, मोरोहाङले बिरामी बेड, मेडिसिन ट्रलि एक-एक थान र खड्काले फोटोकपी मेसिन एक थान र फाइबर सिरक तीन थान उपलब्ध गराएका थिए ।
स्थानीय सामुदायिक महिला स्वथ्य स्वंय सेविका मध्ये उमेरहद पुरा भई अवकास लिने लीला पोख्रेल र भगिमाया मगरलाई प्रमाण पत्र सहित सम्मान गरेको छ ।
स्वाथ्य चौकी प्रमुख राजकुमार चौधरीले कार्यक्रमको औचित्य प्रस्तुत गर्दै लामो समयदेखि भवन बनाउँने जग्गाको अभावले आवश्यक पूर्वाधार बनाउँन नसकिकएको जानकारी गराए । उनका अनुसार स्वाथ्य चौकीलाई तीन रोपनी आवश्यक जग्गा उपलब्ध गराउँन स्थानीवासीसँग माग समेत गरेका छन् ।