बाघखोर भञ्ज्याङ: खोटाङ बराहपोखरीमा भएको एक कार्यक्रमका बक्त्ताले नागरिकको न्यायको पहुँच विस्तारमा स्थानीय सरकार गम्भिर भएको बताएका छन् । उनिहरुले मेलमिलाप सम्बन्धी आधारभूत तालिम समापन समारोहमा बुधबार मेलमिलापकर्ताका लागि आधारभूत संरचनाको व्यवस्थापनमा जोड दिए ।
स्थानीय नागरिकको न्यायमा पहुँच पुर्याउन स्थानीय सरकारले सबै खालको काम गर्ने गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए । उनले स्थानीय सरकारको अभिन्न अंगको रुपमा रहेको न्यायिक समितिको कामलाई सबै नागरिकसम्म पुर्याउन सबै खालको काममा जोड दिने आश्वासन दिए ।
सर्वसाधारण नागरिकको न्याय पाउँने अधिकारलाई ध्यानमा राखेर सबै खालको आवश्यक नीतिको व्यवस्थापन गर्न लागेको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजन भूवलराज राईले बताए । उनले मेलमिलापकर्ता उत्पादन सम्बन्धि तालिमले न्याय सम्पादन कार्यमा सहज हुने विश्वास समेत व्यक्त गरे ।
नागरिकको न्याय सम्पादनको काममा सीपयुक्त मेलमिलापकर्ताले सहज बनाउँने वडा नम्बर ३ का वडा अध्यक्ष ताराकुमार राईले बताए । उनले सर्वसाधारणको न्याय पाउँने अधिकारलाई सहज बनाउँदै न्याय निश्पक्ष हुनु पर्नेमा जोड दिए ।
मेलमिलाकर्ता सुवास राईले गाउँपालिकाले उत्पादन गरेको मेलमिलापकर्तालाई विधिसम्मत उपयोग गर्नु पर्ने बताए । उनले विधिसम्मत उपयोग गर्न नसके मेलमिलापकर्ताले काम समेत नपाउँने बताउँदै आफू जस्ता तालिम प्राप्त मेलमिलापकर्तालाई आधारभूत संरचना बनाई उपयोग गर्नुपर्नेमा जोड दिए ।