कोशी प्रदेशको मन्त्री परिषदमा इलामबाट दुई जना मन्त्री


सेवारो खबर  205 पटक हेरिएको

इलामः मुख्यमन्त्री केदार कार्कीले आज आइतबार बनाएकोे तीन सदस्यीय मन्त्री परिषदमा इलामबाट दुुई जना मन्त्री बनाएका छन् ।

कार्कीले कांग्रेसका शमशेर राई र एमालेका रामबहादुर रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रपिरषिद बनाएका हुन । राई र रानाले आइतबार नै शपथ लिएपनि मन्त्रालय भने तोकएिको छैन ।

नेकपा एमालेका रामबहादुर मगर इलामको निर्वाचन क्षेत्र २(२) नेपाली काग्रेसका सम्सेर राई निर्वाचन क्षेत्र १(२) को प्रदेश सभा सदस्य हुन ।

आजै पद तथा गोपनीयताको शपथ लिएका मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसका २९ मध्ये ८ जना र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्ति भएका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार