किन हेर्नुपर्ने ? ‘चिया-बारीः मिठा चियाकोे कथा’ नाटक !

‘इतिहास लेख्नेको हो कि लेख्न लगाउँनेको हो’


याम माबोहाङ लिम्बू  1132 पटक हेरिएको

इलामः जब दिन ढल्किैदै जान्छ । इलाम बजारको ठूलोटुँडिखेल भित्तासँगैको बाटो माथि नारी विकास संस्थाको सभा हल आसपास मानिसहरू जमघट बढ्दै जान्छ । तपाई झुक्किनु पर्दैन यो, अरू केही होइन । गएको असोज २२ गतेदेखि प्रर्दशन भईरहेको ‘चिया-बारीः मिठा चियाकोे कथा’ नाटक हेर्न आउँनेहरूको जमात हो यो ।

चेतना नाट्य समूहले प्रस्तुत गरेको नाटकले यसरी निरन्तर कातिक २ गतेसम्म पर्खिरहने छ, तपाईलाई । इलाम कला घरको परिकल्पनामा स्थानीय कलाकारको जीवन्त प्रस्तुतिले चिया र ‘चिया-बारीका आसपासका झुपडीमा हुर्किदै आएको जीवनशैली नजिकबाट चिनाउँनेछ ।

करिब पाँच सय दर्शकले हेरि सकेको नाटक किन हेर्नुपर्ने ? नाटकको नामले फरक बनाएको मानसपटलको चिरफार हुँनेछ ।

नाटकले चियाको बारेमा जति बोल्नु भन्दा नी चियासँग जोडिएको जीवनशैली चिरफार गरेको दर्शकहरूको भनाई छ ।

नाटक हेरेपछि इलाम नगरपालिका वडा नम्बर ५ को निवर्तमान वडा अध्यक्ष तथा नगर प्रवक्ता ठाकुरनारायण श्रेष्ठ भन्छन्- ‘इलामलाई चिनाउने चिया । चियाको उत्पत्ति, विकास, चियाबारीमा काम गर्ने मजदुरको अवस्थालाई चित्रण गरेको छ । हामी आम इलामेलीको परम्परादेखि चलि आएको संस्कार नाटकमा बडो सिर्जनात्मक र कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

वास्तविकतामा आधारित कथालाई निक्कै मिहिनेतका साथ कलाकारहरुले कला मार्फत चियाको कथालाई प्रस्तुत भएको छ । नाटक भित्रको कथा र कलाकारको अभिनय यस्तो बेजोड छ, कि हाँसोसँगै कतिबेला आँखा रसाएको पत्तै नहुने ।’

सहि हो, चिया मिठो भन्नुमा जति मजा छ । मिठो चिया बनाउँनमा पसिनाको मूल्य र परिश्रमको कथा बेग्लैछ । चियाबारीमा काम गर्ने मजदुर परिवारको व्यथा जस्ताकको तस्तै छ ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका उपाध्यक्ष अधिकारकर्मी भक्त थामीले भन्छन्-समय बितेको पत्तै नहुने चेतना नाट्य समूहको नाटक ‘चियाको मीठो कथा’ साँच्चै मीठो रहेछ । इतिहास, अधिकार, मजदुर, मनोरञ्जन, रोजगार, प्रेम, पीडा, संगीत र जीवनको कथा हो । कलाकारहरूको मेहनत र परिश्रम मञ्चमा जीवन्त देखिएको मैले महशुस गरें । हुनत; इलाममा नाटक तथा फिल्म हेर्ने संस्कार तेति देखिदैन तर यो नाटक एक पटक हेर्नु भयो भने यहाँले पक्कै गर्व महशुस हुुनेछ ।’

हो, इलाममा मञ्च नाटकको संस्कार हुर्कि सकेको छैन । नाटकका क्षेत्रमा चेनता नाट्य समूहले जति चर्चा कमाएको त्यति नाटक हेर्ने पक्कै हुन सकेको छैन । तर स्थानीय कलाको संयोजनले जो कोहिलाई तान्छ, ‘चिया-बारीः मिठा चियाकोे कथा’ ले ।

निक्कै मिहिनेतका साथ कलाकारले आफ्नो कला मार्फत चियाको कथालाई प्रस्तुत गर्नु भएको छ । यो कथा वास्तविक छ ।

नाटक भित्रको कथा र कलाकारको अभिनयले मन छोयो । अधिकारकर्मी गायत्री थेगिमले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

नाटकमा के छ ?
चियाबारीको भरमा चलेको छत्रबहादुरको परिवार । उनको मुग्लान पसेका पुर्खाको कथा । कमानमा काम गरेर जीवन निर्वाह गर्ने मजदुरको साँझ बिहानका आफ्नै भाका । चियाको बुट्टा समाउँदा समाउँदै पलाएको तन्नेरी बन्दनाको प्रेमको मुना । परिवार बसाल्ने सपनामा कारखाना छोडेर विदेशिनुको गणेशको बाध्यता ।

कृषकको चियाको मुना भेला पार्दै हिडन्े गोविन्द साहुँ । गोपाल साहुँको चियाबारीमा काम गर्ने बन्दानसँँगको एकतर्फी प्रेम ।
छिमेकी हुनुको सामाजिक दायित्व । सामाजिक समस्यमा छिमेकीको भूमिका । सांस्कृतिक पालाम, हाक्फारे, मारूनी, शिर्ष गीत र श्रमिकको गीति भाकाले यसलाई नाटकलाई जिवन्त बनाएको छ ।

समग्रमा हामी कसरी बाँचिरहेका छौ । बाँच्नुको अर्थ पनि छ । अस्तित्व पनि छ । म सँगसँगै अरु पनि बाँचिरहेका छन । इतिहास लेख्न लगाउँनेको हो कि लेख्नेको हो । फरक कसरी ? चिया-बारीः मिठो चियाको कथा बुझ्न एक पटक हेर्नै पर्ने नाटक ।

कसको कला हेर्न सकिन्छ ?
अन्वेष थुलङ राईको परिकल्पना तथा निर्देशन रहेको नाटकमा मल्लिका कार्की, रेबिका तोलाङ्गी, आशिका सक्तेन, समिर कुलङ राई, भूमिका सुब्बा, दर्शन सरकार (धिमिरे), निशान देवान, सविना अधिकारी, कृष्ण मगर, श्रृष्टि कुरुम्बाङ लिम्बू, मोहन राई, बिमला चाम्लिङ राई, मनिस बिक, बिमला राना मगर, तेज मगर, रोजन गुरूङ र विष्णु खतिवडाको कलाकारिता हेर्न सकिन्छ ।

नाटकको मञ्च व्यवस्थापनमा दर्शन घिमिरे, लाइटमा सुशान्त चापागाई, प्रचार प्रसारमा सरिता राई, पोष्टर डिजाइन काजी राना र गुण राज देवान रहेका छन् ।

नाटकको प्रत्यक्ष संगितमा सुमन खत्री, प्रितिका मुखिया, रेश्मिका राई, नृत्यमा भावना खपाङ्गी मगर र तेज मगर, साउण्डमा अन्वेष थुलङ रहेका छन् । नाटकको भेषभूषामा भूमिका सुब्बा, आशिका सक्तेन रहेका छन् । र सेट डिजाइनमा गुणराज देवान र मनिश विश्वकर्माको कला रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार