‘हुलाक सेवालाई रूपान्तरण गर्दै प्रभावकारी बनाउँन नीति आवश्यक’

विश्वासका लागिसँगै नाराका साथ १४९ औं हुलाक दिवसका अवसरमा सम्मान


याम माबोहाङ लिम्बू  273 पटक हेरिएको

इलामः हुलाक सेवालाई रूपान्तरण गर्नुपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । उनिहरूले हुलाक दिवसको अवसरमा बोल्दै हुलाकलाई आधुनिकीकरण गर्दै रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।

जिल्ला हुलाकका निमित्त अधिकृत गणेशप्रसाद घिमिरेले हुलाकलाई आधुनिकीकरणमा रूपान्तरण गर्न सके मात्र प्रभावकारी बन्ने बताए ।

‘सरकारले नीतिगत रूपमै हुलाकलाई प्रभावकारी बनाउँन काम गर्नुपर्छ अधिकृत घिमिरेले भने-हुलाक पुरानो पाराले चलेको छ । यसलाई सरकाले आधुनिकीकरण गर्नुपर्छ ।’

‘बजारमा फस्टाएको अनलाइन सेवालाई हुलाकमा जोड्नुु पर्छ भन्दै, घिमिरेले थपे-कुरियर सेवा हुलाकले गर्नुपर्छ । जसले नागरिकलाई सर्वसुलभ सेवा प्रदान गर्ने नीतिगत सुधार गर्न आवश्यक छ ।’

यसै सन्दर्भमा यो वर्षको अतिरिक्त हुलाक कर्मचारीको तलब समेत नआएको बताइएको छ । दशैको मुखमा आइपुग्दा पनि कर्मचारीको तलब नआउँदा समस्या भएको अधिकृत घिमिरेले जानकारी गराए ।

‘अतिरिक्त हुलाका कर्मचारीलाई अदालतले काममा फर्कने आदेश दिएको छ । तरअहिलेसम्म तबल पठाएको छैन घिमिरेले भने-तलबका विषयमा केन्द्रमा सम्पर्क गर्दा कागजात पठाएका छौं । मन्त्रालयले निकासा दिएको छैन निकासा दिने बित्तिकै पठाउँछौं भनेको छ तर सुनिश्चित भएको छैन ।’

हुलाकका सूचना अधिकारी अनुप खतिवडाले हुलाकलाई आधुनिकरणमा रूपान्तरण गरे मात्र प्रभावकारी बन्ने बताए । उनले समय सापेक्ष हुलाकलाई सरकारले नीतिगत रूपमै सुधार गर्नुपर्नेमा जोड दिए ।

परम्परागत प्रणालीलाई आधुनिकरण गर्दै विश्वस्तरमा हुलाकलाई रूपान्तरण गर्न वर्तमानको आवश्यकता हो सूचना अधिकारी अतिवडाले भने-हुलाकमा ढाकको दैनिक आदान प्रदान गर्नुपर्छ । अनलाइन बजार सेवा तथा कुरियारलाई हुलाकमा जोड्नु पर्छ । हुलाक बैंकको समेत कामलाई समेत जोड्न सके सर्वसुलभ ढंगले नागरिकले सेवा पाउँने थिए ।’

१४९ औं हुलक दिवसका अवसरमा सम्मान
जिल्ला हुलाक कार्यालय इलामले सोमबार १४९ औंं हुलाक दिवस ‘विश्वासका लागि सँगै’ भन्ने नाराका साथ मनाएको छ ।

दिवसको अवसरमा लामो समय हुलाक सेवामा योगदान गरेका ४ जान कर्मचारीलाई सम्मान गरेको छ ।

हुलाकमा हल्कारा भई ४० वर्ष सेवा गरेका इन्द्रप्रसाद श्रेष्ठ, अतिरिक्त हुलाकमा ५४ वर्ष सेवा पुर्‍याएका देवेन्द्रनाथ सर्मा, २९ वर्ष कार्यालय सहयोगी भई सेवा गरेकी कल्पना बाँनिया र हुलाकी कमल निरौलालाई सम्मान पत्र सहित सम्मान गरिएको जनाइएको छ ।

हुलाका कार्यालयका सुब्बा जगन्नाथ निरौलले स्वागत गरेको कार्यक्रममा जिल्ला हुलाकका निमित्त प्रमुख तथा अधिकृत गणेश प्रसाद घिमिरेले खदासँगै सम्मान पत्र वितरण गरेको हुलाकका सूचना अधिकारी अनुप खतिवडा जानकारी गराए ।


जिल्लामा ५२ हुलाक कार्यालयमा १४७ कर्मचारी
जिल्लाको विभिन्न स्थानमा रहेको ५२ हुलाक कार्यालयमा १४७ कर्मचारी कार्यरत रहेका छन् ।

जिल्ला हुलाक, ११ इलाकका हुलाक र ४० अतिरिक्त हुलाक रहेका छन् ।

दरबन्दी अनुसार १५७ हुलाक हुनुपर्नेमा १४७ जना मात्र कार्यरत कर्मचारी रहेका छन् । १० जनाको दरबन्दी भने रिक्त रहेको हुलाक कार्यालयले जनाएको छ ।

जिल्ला अहिले हुलाक अधिकृत पद, खरिदार ४, हल्कारा ४, हुलाकी १४ जनाको पद रिक्त रहेको दरबन्दीमा हल्कारा २२, हुलाकी २३ र कार्यालय सहयोगी १ जना करारबाट पद पूर्ती गरिएको छ । बाँकी दश दरबन्दीमा कुनै व्यवस्था गरिएको छैन ।यस्तै नायब सुब्बा २ जना, लेखापाल १ जना, खरिदार ९, हल्कारा २२, हुलाकी २३, कार्यालय सहयोगी २ र अतिरिक्त कर्मचारी १४७ जना कार्यरत रहेका छन् ।

विश्व हुलाक दिवसको इतिहास
विश्व हुलाक दिवस हरेक वर्ष ९ अक्टोबरमा मनाइन्छ । स्विस राजधानी, बर्नमा सन् १८७४ मा विश्वव्यापी हुलाक संघ स्थापना भएको संझनामा हुलाक दिवस मनाउँने परम्परा छ ।

सन् १८७४ मा जापानको टोकियामा अन्तर्राष्ट्रिय हुलाक सङ्घको गठन भएको सम्झनामा सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउन सुरु गर्ने औपचारीक घोषणा गरिएको थियो ।

वर्ष २०२३ को विश्व हुलाक दिवसको नारा भनेँ त्यनभतजभच ायच तचगक रहेको छ । हुलाक कार्यालयहरूले एकताबद्ध र समावेशी समुदायहरुको श्रृजनामा महत्त्वपूणर् भूमिका खेल्छन् । आज पनि बिश्वभरि ५० लाख भन्दा बढी हुलाक कर्मचारीहरूले सन्देश, उपहार र सामानदेखि लिएर पैसा र औषधिसम्म विभिन्न प्रकारका अत्यावश्यक र व्यक्तिगत वस्तुहरू तोकिएको ठाँउमा सुम्पने काम गर्दछन् ।

विषयवस्तुले शताब्दीयौंदेखि विकसित भएको हुलाकको व्यापक भौतिक सञ्जाललाई पूरा गर्ने डिजिटल गर्दै एकल हुलाक क्षेत्रको विकासमा सहयोग गर्न सरकार र उनीहरूका हुलाक सेवाहरूलाई आग्रह गर्दछ ।

नेपालमा बिक्रम सम्बत १९३५ मा अर्थात विश्व हुलाक संघ स्थापनाको चार वर्ष पछि राणा प्रधानमन्त्री रणोद्दिप सिंहको पालामा नेपाल हुलाक घरको स्थापना गराई हुलाकको शुरुवात भए पनि हुलाक टिकटको प्रचलन भएको थिएन । सो समयमा नगद नै तिर्नु पर्ने ब्यबस्था गराईएको थियो । पछि बि.सं. १९३८ मा जङ्गबहादुरले बेलायतबाट ल्याएको गिद्ध प्रेसमा बेलायतबाट नै ल्याएको कागजमा एक, दुई र चार आनाको श्री गोरखा सरकार लेखिएको हुलाक टिकट छापिएको थियो । पछि बि.सं. १९४३ मा सोही टिकट सोही गिद्ध प्रेसमा नेपाली कागजमा छापिएको थियो । यसै वर्षबाट दुई पैसा मुल्यको पोस्ट कार्डको थालनी भएको इतिहास छ ।

सञ्चारको प्रारूपको सुरुवात हुलाकबाट शुरु भएको हो । धेरै परसम्म चिठी र खबर पुर्‍याउँन धेरै जना हुलाकीहरूले आफ्नो जिवनकाल नै बिताएका छन् ।

सञ्चो बिसन्चोको खबर पुर्‍याउँने हुलाकीको सम्झना गर्ने दिन हो । गाउँघरमा राती बस्दा हुलाकीहरूलाई विशेष ग्राहयता दिने गरिन्थयो ।

त्यति बेलाका रेडियो, टिभी, इन्टरनेट भनेका नै हुलाकी हुन । रात बिरात पत्र पुर्‍याउँन गाँउगाँउमा हुलाकीहरू पत्रको झोला सहित पुग्ने गर्दथे । साक्षरताको अधिकतम उपयोग नै पत्र पढ्दा र हरहिसाब गर्दा गर्दथे । सुस्तरी समाजको अवयवहरू परिवर्तन त भएको हो तर संरचना बिलकुलै उस्तै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार