सन्दकपुर घोषणापत्र जारी गर्दै प्रदेशस्तरीय मिडिया सम्मेलन सम्पन्न


बुद्दमाया सोङ्मी  175 पटक हेरिएको

सन्दकपुरः ‘सन्दकपुर घोषणापत्र-२०८०’ जारी गर्दै प्रेस सेन्टर नेपाल प्रदेशस्तीय मिडिया सम्मेलन शनिबार सम्पन्न भएको छ ।

सम्मेलनले १३ बुँदे घोषणा पत्रमा सञ्चारकर्मी र सञ्चार माध्यम सम्बन्धि माग गरेको छ ।

घोषणा पत्रमा स्थानीय सञ्चार माध्यम र पत्रकारहरूको संरक्षण, प्रवर्द्धनबिना संघीयता बलियो नहुँने उल्लेख छ ।

स्थानीय तहको विकासमा अन्तरपालिका सम्बन्ध जति मजबुत हुनुपर्ने हो, त्यति हुन सकिरहेको छैन । जसले गर्दा स्थानीय पर्वाधार, पर्यटन, भाषा, संस्कृतिसहितको मानवीय विकासको अपेक्षाकृत प्रचार प्रसार हुन नसकेकोले स्थानीय पत्रकारिताको विकास र प्रवर्द्धनका लागि आवश्यक ठोस नीति र कार्यक्रमसहित बजेट विनियोजन गर्नु पर्नेमा जोड दिइएको छ ।

सम्मेलनले पत्रकारहरुको क्षमता अभिवृद्धिसँगै अनुभव आदानप्रदानसहितको अन्तरक्रिया आयोजना गरी अध्ययन, अनुसन्धानमा आधारित मिडिया नीति बनाउन प्रदेशभरीका सबै स्थानीय तहसँग आग्रह गरेको छ ।

पुनःनामाकरणको विषयलाई लिएर प्रदेश नं. १ मा पहिचानको आन्दोलन चलिरहेकाले आन्दोलनरत पक्षसँग चाँडो वार्ता र संवादको माध्यमबाट समाधान गर्न सरकारलाई विशेष ध्यानाकर्षण गराएको उल्लेख छ ।

घोषणा पत्रमा प्रदेश र स्थानीय तहमा आवश्यक भौतिक पूर्वाधार र मानव संसाधनका संरचना निर्माण हुन सकेका छैनन् । त्यसैले संघीयता कार्यान्वयन सफल बनाउन आवश्यक पूर्वाधार विकास गर्न तीनै तहका सरकारसँग माग गर्दछ भनिएको छ ।

घाेषणा पत्र :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार