मानव अधिकार मञ्च नेपाल इलामले स्थापनाको रजत वर्ष मनाउँदै


सेवारो खबर  459 पटक हेरिएको


इलामः मानव अधिकार मञ्च नेपाल इलामले असार २२ र २३ गते २५ औं स्थापना दिवस अर्थात रजत वर्ष मनाउँदै छ । स्थापनाको रजत वर्षको अवसरमा विभिन्न कार्यक्रम गर्दै मनाउँने मञ्चले जनाएको छ ।

संस्थाको असार २२ गते शुक्रबार २५ औं साधारण सभा हुनेछ । साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत हुनेछ । प्रगती प्रतिवेदनको समिक्षा तथा आगामी कार्य योजना समेत बन्ने संस्थाका कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्माले जानकारी गराए ।


२३ गते शनिबार होटल पोख्रेलीमा संस्थाको रजत वर्ष विशेष कार्यक्रम गर्दै सम्पन्न हुनेछ । कार्यक्रममा संस्थाको स्मारिकाको विमोचनसँगै संस्थाले अहिलेसम्म गर्दै आएको कार्यक्रमको बारेमा विशेष प्रदर्शनी हुँने संस्थाले जनाएको छ ।

संस्थाका विषयगत क्षेत्रमा सरोकारवालासँग मानव अधिकार र अधिकार, द्वन्द, शान्ति र न्याय, लोकतन्त्र र सुशासन, लै·िक समावेशिकरणका विषयमा खुल्ला प्रदर्शनी र छलफल हुँनेछ ।

प्रदर्शनीमा जिल्लाका जनप्रतिनीधि, कर्मचारी, अधिकारकर्मी, विभिन्न शैक्षिक संस्थाका विद्यार्थी, शिक्षक, अविभावक, व्यवसायी, बुद्विजीबि, सञ्चारकर्मी, सर्वसाधारणले अवलोकन गर्ने संस्थाले अपेक्षा गरेको छ ।

सोहि दिन संस्थाको फोरम थिएटरले संस्थाका विषयमा नाटन समेत प्रदर्शन गर्ने थिएटरका शुरेस पोर्तेलले जानकारी गराए ।

के हो ? मानव अधिकार मञ्च
मानव अधिकार मञ्च नेपाल विक्रम सम्बत २०५५ सालमा जिल्ला प्रशासन कार्यालय इलममा गैरसरकारी एंव गैर नाफामुलक संस्थाको रूपमा दर्ता भई क्रियाशिल छ ।

संस्थाले मानव अधिकार र अधिकार, भेदभाव, जातीय विभेद, महिला हिंसा, द्वन्द, शान्ति र मेलमिलाप, सुशासन, मनोसामाजिक जस्ता विषयमा क्षमता विकास पैरवी, खोज तथा अनुसन्धान, सामाजिक परिचालन, कानुनी सहयोग जस्ता क्रियाकलाप मार्फत समुदाय तहमा काम गर्दै आएको छ ।

संस्था घरेलु हिंसा विरूद्व अभियान पूर्वाञ्चल नेटवर्कको संस्थापक सदस्य, मेलमिलापको तालिम प्रदायक संस्था र मेलमिलाप सम्बन्धि कार्य गर्ने संस्थाको रूपमा परिषदबाट अनुमति प्राप्त प्रदेश भरी क्रियाशिल संस्थाको रूपमा परिचित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार