‘सूचिकृत मेलमिलापकर्ताले नीतिगत रूपमा कार्य सम्पादनको अवसर पाउँनुपर्छ’


याम माबोहाङ लिम्बू  283 पटक हेरिएको

चुलाचुलीः इलामको चुलाचुलीमा आयोजित एक कार्यक्रमका बक्ताले सूचिकृत मेलमिलापकर्ताले नीतिगत रूपमा कार्य सम्पादनको अवसर पाउँनुु पर्नेमा जोड दिएका छन् ।

उनिहरूले चुलाचुली गाउँपालिका न्यायिक समितिले आयोजना गरेको मेलमिलाप सम्बन्धि आधारभूत तालिमको समापन समारोहमा बोल्दै न्यायिक समितिले उत्पादन गरेको सूचिकृत मेलमिलापकर्तालाई नीतिगत रूपमा विवाद व्यवस्थापन गर्ने कार्य सम्पादनको अवसर दिनुपर्ने बताए ।

स्थानीय मेलमिलापकर्ता सुदर्शन पौडेलले स्थानीय स्तरमा विवाद समाधानको सीप लिएका मेलमिलापकर्तालाई न्यायिक समितिमा दर्ता हुने विवाद समाधानमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । उनले न्यायिक समितिको क्षेत्राधिकारलाई नीतिगत रूपमा कार्यान्वयन गरेर नागरिकको न्यायिक अधिकारलाई सुनिश्चित गर्न स्थानीय सरकारले काम गर्नु पर्ने बताए ।

‘गाउँपालिकाले मेलमिलापकर्ताले गरेको न्याय सम्पादनको कामलाई अपनत्व ग्रहण गर्नूपर्छ, मेलमिलापकर्ता पौडेलले भने जनप्रतिनीधिले आम नागरिकको न्यायिक अधिकारलाई पहुँच योग्न बनाउँन पर्छ ।’

मेलमिलापकर्ता भीमचन्द्र बस्नेतले स्थानीय सरकारको न्यायिक समितिले विवाद व्यवस्थापनको कामलाई नीतिगत व्यवस्थान गरेर कार्यान्वयन गर्न माग गरे । उनले विवाद व्यवस्थापनका लागि गाउँपालिकाले उत्पादन गरेको मेलमिलापकर्तालाई काम दिनुपर्ने भन्दै जनप्रतिनीधिले नागरिकको विवाद मिलाएर समय खेर नफाल्न आग्रह समेत गरे ।

गाउँपालिका अध्यक्ष राजेन्द्र केरूङले गाउँपालिकामा हुँने विवाद व्यवस्थापनका लागि सुचिकृत मेलमिलापकर्तालाई नीतिगत व्यवस्थापनको काम गरिरहेको बताए । उनले मेलमिलापकर्ताले कुनै पनि राजनीतिक दल भन्दा माथि उठेर विवाद व्यवस्थापन गर्न सुुझाव दिदै, आम नागरिकमा न्यायमा समेत पहुँच पुर्‍याउँने काम गर्ने बताए ।

मानव अधिकार मञ्च नेपाल इलामका कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्मा, मनकुमार बराइली, न्यायिक समिति सदस्य, तालिममा सहभागी सबैले बोलेको समापन कार्यक्रम गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक दिलकुमारी योङहाङले गाउँपालिकाको न्याय सम्पादनको कामलाई चुस्तदुरूस्त बनाउँने काम गरिरहेको जानकारी गराइन् ।

मानव अधिकार मञ्च नेपाल इलामको प्राविधिक सहयोगमा सञ्चालन भएको तालिममा मञ्चका मनकुमार बराइली र याम माबो लिम्बूले सहजिकरण गरेका थिए । तालिममा विवाद व्यवस्थापनका लागि आवश्यक सीप, मेलमिलाप प्रक्रिया, न्यायिक समितिमा दर्ता भएका विवादको न्याय सम्पादन प्रक्रिया लगायतको विषयमा जानकारी गराइएको छ । तालिममा गाउँपालिकाको सबै वडाका २० जनाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार