माङसेबुङ ५ बार्‍हलाखेमा भएको आगलागीमा ४६ लाख क्षति


सेवारो खबर  338 पटक हेरिएको

माङ्सेबुङः इलाम माङ्सेबुङ ५ लारुम्बाको बार्‍हलाखे माङमिक्तोक्ला टोलमा भएको आगलागीमा ४६ लाखको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । आगलागीमा मानवीय क्षति भने नभएको बताइएको छ ।

आगलागिमा  काठ र जस्तापाताले बनेको घर, घरमा भएको लत्ता कपडा, धनमाल, खाद्यान्न सरकारी कागजात सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परेको ३ घर खाली भएको र घरधनी समेत नभएकोले क्षतिको पूर्ण विवरण आउँन बाँकी रहेको स्थानीय लामीटार प्रहरी चौकीका इन्चार्ज असई नारायणप्रसाद निरौलाले जानकारी गराए ।

आगलागी हुँदा ७ घर जलेर नष्ट भएको छ । आगलागीमा परेको ७ घर मध्ये ४ घरमा मात्रै घरपरिवार बस्दै आएका छन् । ३ घरमा भने घरपरिवार नभएकोले क्षतिको पूणर् विवरण आउँन नसककेको प्रहरीको भनाई छ ।

मंगलबार विहान २ः३० बजे भएको आगलागी ५ः३० बजे विहान मात्र प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएपनि यो समाचार तयारपार्दासम्म पूर्ण रूपमा आगो निभाउँन बाँकी रहेको बताइएको छ ।

आगलागिले नजिकैको ७ घरमा आमसिक क्षति भएको स्थानीयले बताएपनि प्रहरीले भने नजिकैको २ घरमा मात्र आमसिक क्षति भएको जनाएको छ ।

मान्छे नभएको घरमा विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको स्थानीय बलबहादुर नेम्बाङले बताए । प्रहरीले भने हर्कबहादुर लिम्बुको खाली घरबाट विद्युत सर्ट भई आगलागी भएको अनुमान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार