सन्दकपुर गाउँपालिकाको बजेट ३९ करोड ५८ लाख


सेवारो खबर  94 पटक हेरिएको

सन्दकपुरः इलामको सन्दकपुर गाउँपालिकाको १३ औ गाउँ अधिवेशनमा ३९ करोड ८५ लाख बराबरको बजेट पारित गरेको छ ।

पालिकाले आर्थिक बर्ष ०८०/०८१ का लागि आन्तरिक श्रोतबाट ८ करोड ८४ लाख ६३ हजार ३२२ रूपैया आम्दानी अनुमान गरेको छ । संघीय सरकारबाट २७ करोड ५६ लाख, प्रदेश सरकारबाट २ करोड ७३ लाख १ हजार, ऋण तथा अन्य श्रोतबाट ७१ लाख आम्दानी हुने उल्लेख गरेको छ ।

गाउँपालिका उपाध्यक्ष हरि बहादुर लुङ्गेली स्वास्थ्य प्रतिकुल भएपछि अनुपस्थित हुँदा वडा नं २ का वडाध्यक्ष सनम राईले ३९ करोड ८४ लाख ६४ हजार ३२२ रूपैया बराबरको बजेट पेश गरेका थिए ।

नीति तथा कार्यक्रम पारित
गाउँपालिका अधिवेशनमा वडा नं ४ का वडाध्यक्ष ढाल बहादुर गुरूङले पेश गरेको नीति तथा कार्यक्रम पारित भएको छ ।

वडा नं १ का वडाध्यक्ष एवम प्रवक्ता रहरकुमार राईले पेश गरेको राजस्व दायरा सम्बन्धि आर्थिक बिधेयक, वडा नं ३ का वडाध्यक्ष लिला वुर्जाले पेश गरेको गत आर्थिक बर्षको यथार्थ खर्च विवरण बिधेयक, वडा नं ५ का वडाध्यक्ष यज्ञ बहादुर गुरूङले पेश गरेको आर्थिक बर्ष ०७९/०८० को संसोधित अनुमान बजेट पारित भएको हो ।

वडा नं २ का वडाध्यक्ष सनम राईले पेश गरेको आर्थिक बर्ष ०८०/०८१ को बजेट तथा कार्यक्रम र मध्यमकालिन खर्च संरचना आगामी बैठकबाट पारित गर्ने गरि प्रस्तुत भएको छ ।

प्रस्तुत प्रस्ताव माथि दिपक राई, सोम साउदेन, कुमार गुरूङ, पासाङ शेर्पा, नरमाया थेवे, तोरण मुखिया लगायतले सुझाव पेश गरेका थिए । गाउँपालिका अध्यक्ष तुलाराम गुरूङले सभाध्यक्ष गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार