काठमाण्डौंं: कोशी प्रदेश नामकरण विरुद्ध चलिरहेको आन्दोलनमा सहयोग जुटाउन खोलिएको खाता प्रहरीले रोक्का गरेको छ ।
गत फागुन १७ मा प्रदेश सभाले कोशी नामकरण गरेको थियो। त्यसको भोलिपल्टदेखि नै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् ।
आन्दोलनमा सहयोग जुटाउन भक्तपुरको गठ्ठाघरस्थित ग्लोबल आईएमई ब्यांकको शाखामा खाता खोलिएको थियो। आन्दोलन सञ्चालनका लागि सहयोगको आग्रह गरिएको थियो । यसरी खोलिएको खातालाई जिल्ला प्रहरी परिसर, काठमाडौंले रोक्का गराएको हो ।
प्रहरी परिसरले ब्यांकलाई लेखेको पत्रमा भनिएको छ, ‘कोशी प्रदेश नामकरणको विषयलाई लिई भइरहेको आन्दोलनमा सहयोग गर्नका लागि भनी ग्लोबल आईएमई ब्यांक लि. शाखा कार्यालय, गठ्ठाघर, भक्तपुरमा २५५०७०१००२१८७२ को खाता खोलेको भन्ने बुझिन आएकाले उक्ता खाता अनुसन्धानको सिलसिलामा रोक्का राखिदिने व्यवस्था गरिदिनहुन अनुरोध गरिएको छ ।’ @himalkhabar.comबाट ।