सूर्योदयः सूर्योदय नगरपालिकामा आउँदो जेठ ३२ गते बिहिबार वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ । सूर्योदय नगरपालिकाको आर्थिक सहयोगमा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्तर्गत सूर्योदय नगर उद्योग वाणिज्य संघले १ दिने मेलाको आयोजना गर्न लागेको हो ।
रोजगार मेला बिहान ९ः०० बजेदेखि अपरान्ह ५ः०० बजेसम्म सूर्योदय नगरपालिका वडा नम्बर ८ को नोरयाङ होटल एण्ड रेष्टुरेष्टको प्राङ्गणमा हुने जनाइएको छ ।
समाजको श्रमशक्तिलाई गुणस्तरीय बनाउँदै श्रमिकहरूको सीप र क्षमता अभिवृद्धि गर्ने । यूवामा कामलाई सम्मान गर्ने संस्कृतिको विकास गर्ने । श्रम बजारमा उनीहरुको माग र सम्मान वृद्धि गर्नका लागि स्थानीय बेरोजगार युवालाई सीप सिक्न अभिप्रेरित गर्ने । रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो ।
मेलाले विद्यार्थी तथा यूवाहरुलाई वृृत्ति परामर्शको सेवा प्रदान गर्ने तथा रोजगारीको खोजीमा रहेका यूवा जनशक्ति र रोजगार दिने रोजगारदातालाई एकै स्थानमा ल्याई आ-आफ्नो आवश्यकता अनुसारको जनशक्ति खोज्न र रोज्न सहयोग गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
मेलाले रोजगारदातालाई आवश्यकता अनुसारको जनशक्ति उपलब्ध गराउँनेछ । रोजगारीकै खोजीमा युवाशक्तिलाई विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्न मद्दत पुग्ने आयोजकले विश्वास लिएका छ ।
नेपाल सरकारको “समृद्ध नेपाल सुखी नेपाली” र ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्यलाई सहयोग पुर्याउने उद्देश्य लिई यस क्षेत्रका जनशक्तिलाई स्थानीय उद्योग/व्यवसाय, बंैकिङ्ग, पर्यटन, होटल व्यवसाय लगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन मेलाले सहयोग पुर्याउँने छ ।
मेलामा सहभागिलाई वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी, सीपमूलक तालीम दिने सस्थाहरुको प्रदर्शनी र तालीमबारे जानकार दिइने, रोजगार सम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने छ । यसका साथै निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालीमहरू सम्बन्धी जानकारी, बेरोजगार युवाहरूले रोजगारको अवसर प्राप्त गर्न सक्नेछन् ।
मेलमा स्थानीय उत्पादन प्रदर्शनी गरिने सूर्योदय नगर उद्योग वाणिज्य संघ अध्यक्ष प्रमोद राईले जानकारी गराए ।
अध्यक्ष राईका अनुुसार सहभागि विद्यार्थी तथा युवाहरूले वृत्ति परामर्श सेवा प्राप्त गर्ने छन् । बेरोजगार युवाहरूले विभिन्न उद्योग तथा व्यवसायमा रोजगारी प्राप्त गर्ने छन् । र उद्योग तथा व्यवसायीले उपलब्ध जनशक्तिबारे जानकारी पाउने पत्रकार सम्मेलनमा बताइएको छ ।
यस्तै, बेरोजगार युवाहरुले स्थानीय स्तरमा रहेको उद्योग तथा व्यवसायँंग उपलव्ध विभिन्न रोजगारीका अवसरबारे जानकारीका साथै तालिम प्रदायक संस्थावाट प्रदान गरिने सीपमूलक तालिम र अवसरको जानकारी पाउनेछन् ।
एक हजार जनाको सहभागिता रहने अनुुमान गरिएको मेलाको उत्घाटन नगरपालिका प्रमुख रनबहादुर राईले गर्ने आयोजकले जनाएको छ ।
नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकार बीच द्विपक्षीय सम्झौता भई संचालनमा रहेको परियोजनालाई हेल्भेटास नेपालले प्राविधिक सहयोग गर्दै आएको छ ।