काठमाडौँः समाजवादी प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन नयाँ कार्य समिति चयन गर्दै काठमाण्डौमा सम्पन्न भएको छ ।
शनिबार अबेर सम्पन्न महाधिवेशनले अध्यक्ष्यमा विश्वमणी सुवेदी निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष सुवेदीले १४७ मत प्राप्त गरे भने अर्का अध्यक्षका उम्मेवादार भुपराज खडकाले ११९ मतमा चित्त बुुझाउँनु पर्यो । त्यस्तै अध्यक्षकै अर्का उम्मेद्घार राघव साहले १५ मत प्राप्त गरे ।
खुला उपाध्यक्षमा नवराज छत्कुल्ली १५० मतका साथ विजयी भए । उनको निकतम प्रतिद्वन्दी राजेन्द्र कुवरले ११६ मत प्राप्त गरे ।
महिला उपाध्यक्षमा अस्मिता गिरी विजयी भएका छन् । उपाध्यक्षका अर्का उम्मेदार उर्मिला कुवरले ९० मतमाा चित्त बुुझाइन् ।
उपाध्यक्ष सुदुरपश्चिम उपाध्यक्षको लागि दुई जनाको उम्मेदारी परेको थियो । जसमा नरेन्द्र भट्ट १७४ मतका साथ विजयी भए । त्यस्तै मिन ठकुरीले ८३ मत प्राप्त गरे ।
महासचिवमा रामकुमार एलन १३९ मतका साथ विजयी भए । त्यस्तै महासचिवका अर्का उम्मेदार हृदय भुसालले १३० मत प्राप्त गरे छ ।
उपमहासचिवमा प्रेम गौतम (१६४), लेखनाथ सिकारू (१३९) र प्रतिज्ञा बुढा मगर (१२२) विजयी भएका छन् ।
उपमहासचिवका उम्मेदार धनराज वास्तविक र देवि सापकोटाले समान ८२/८२ मत र गोविन्द सुवेदीले ८० र सविन शर्माले ७० ले मत प्राप्त गरेको छन् ।
त्यस्तै खुल्ला सचिव तीज पदका लागि ९ जनाको उम्मेदारी परेकोमा अनिल शाही (१३६), शिव प्रसाद ढुंगाना (११७), पूणर्बहादुर कार्की विजयी भए । आशिष गुरागाई (८६), धनविर दाहाल (६३), समर रोकाया (४१), निर्मल अधिकारी (७९), शिवलाल सुबेदी (७२), तपेन्द्र कुवर (२५) मत पाए ।
महिला सचिवमा कान्ति न्यौपाने (१२८) विजयी भए । महिला सचिवका अर्का उम्मेदार कालिका सिवाकोटीले १०२ मत, रमा न्यौपानेले ४२ मत पाए ।
दलित सचिवमा प्रदिप नेपाली १५१ विजयी भए । विष्णु रैगाइले ८९ मत प्राप्त गरे ।
कोषाध्यक्षमा कृपा भण्डारी (१३९) वियजी भइन् । त्यस्तै रामचन्द्र बस्नेतले २७, मधुकर लुइँटेल (४०), जमुना गजुरेल (६०) मत प्राप्त गरेका छन् ।
सुदूरपश्चिम बाहेक अन्य ८ प्रादेशिक उपाध्यक्ष निर्विरोध निर्वाचित भए । ३४ खुल्ला सदस्यमा २४ जनाको मात्रै उम्मेदारी परेको थियो ।