खाजा खर्चको विषयमा देउमाई नगरपालिकाको धारणा सार्वजनिक


सेवारो खबर  289 पटक हेरिएको

इलामः इलामको देउमाई नगरपालिकाको सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको खाजा खर्चको विषयमा नगरपालिकाले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

नगरपालिकाले मंगलबार एक विज्ञप्ती जारी गर्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएको खाजा खर्चको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

नगरपालिकाले भनिएको खाजा खर्च के के मा भएको हो विवरण समेत विज्ञप्तीमा खुलाएको छ ।

विज्ञप्ती अनुसार नगरपालिकाको ९ वटै वडाले गरेको विविध खर्च समेत रहेको जनाएको छ । सबै वडाले १५ लाख २३ हजार ८ सय १० रूपायाँ खर्च उल्लेख छ ।

नगरपालिकाको बैठक भत्ता र ठेक्का मूल्याङ्कन खर्च सबै भन्दा धेरै २ लाख ८५ हजार ८ सय २५ रूपायाँ खर्च भएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘महालेखा परीक्षकको कार्यालयबाट प्राप्त आर्थिक वर्ष २०७६/७७ (२०७६-०४-०१-२०७७-०३-३१) को प्रतिवेदनमा चालुु शिर्षकबाट खाना र विविध तर्फ रू. ३८,५०,२,७३ (अक्षरेपी ३८ लाख ५० हजार २ सय ७३ रूपायाँ) खर्च गरेको छ, भनि उल्लेख भएकोमा उक्त वाक्याशं तोडमोड गरी सम्पूणर् रकम पदाधिकारी र कर्मचारीको खाजा खर्च मात्र भएको आशयको समाचार सम्प्रेसण भएको तर सो रकम अन्य शिर्षकमा स्रोत वा बजेट अपुुग भई वा अन्य शिर्षकबाट खर्च लेख्न नसकिएको तपशिल बमोजिमका खर्चहरू समेत भएको व्यहोरा अनुुरोध गर्दछुु ।’

आवश्यक परेमा यस विषयमा थप स्पष्ट पार्न कार्यालय तयार रहेको अवगत गराउँदै यस प्रकारको गलत र भ्रामक समाचार एकपक्षीय ढंगले प्रचार प्रसार नगर्न नगराउँन प्रमुख सरोकारवाला सबैमा अनुरोध गर्दछुु, प्रशासकीय अधिकृत हरिबहादुर दाहालले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।

नगरपालिकाको विज्ञप्ती:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार