आउँदाे जेठ ४ र ५ गते नेपाल आदिवासी जनजाति महासंघ इलामको ८औं अधिवेसन हुँदै


बुुद्धमाया सोङ्मी  1143 पटक हेरिएको

इलामः नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद इलामको ८औ अधिवेसन जेठ ४ र ५ गते हुने भएको छ । अधिवेसन महासंघ केन्द्रीय उपाध्यक्ष लहरूमाया जिमीको उपस्थिीतिमा हुने जनाइएको छ ।

पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधन हाम्रो आन्दोलन, आदिवासी अधिकारका लागि नविन सामाजिक सहमतीको पक्षमा आठौं जिल्ला अधिवेसन, भन्ने नाराका साथ अधिवेसन हुने अधिवेसनको अन्तिम तयारी पुरा हुन लागेको महासंघ जिल्ला अध्यक्ष अभिषेक येक्तेनले जानकारी गराए ।

अधिवेसनका अवसरमा इलामको ठूलो टुँडिखेलदेखि हजारौकाे स‌ख्यामा महासंघमा आबद्ध जातीय संस्थाको भेषभूषा र झाँकी सहित इलाम बजार परिक्रमा गर्दै चोक बजारको लाकुरी चौतारमा उद्घाटन कार्यक्रम हुँने महासंघले जनाएको छ । उद्घाटन समाराेहमा जिल्लाको दश वटै स्थानीय तहको महास‌घ र जातीय स‌स्थाकाे सहभागी रहने छ ।

जिल्लामा १६ जातीय संस्था रहेकोले प्रत्येक जातीय संस्थाबाट एक महिला, एक पुुरूष सहित ३२ र १६ जना आयोजक महासंघको प्रतिनीधि, ५० जना बढी पर्यवेक्षक सहित एक सय बढि प्रतिनीधि पर्यवेक्षको उपस्थिीति अधिवेसनमा रहने छ । यदि महासंघको पदाधिकारी चयमा निर्वाचन हुने अवस्था आएमा एक जातीय संस्थाको एक मताधिकार मात्र रहेन व्यवस्था छ ।

जिल्ला समन्वय समितिको सभा हलमा हुँने अधिवेसनको बन्द सत्रले पदाधिकारी चयनसँगै इलाम घोषणा पत्र जारी गर्दै सबै स्थानीय तहले घोषणा पत्रलाई कार्यान्वयन गर्न योजना समेत बनाउँने बताइएको छ ।

कार्यक्रमलाई व्यवस्थापन गर्न विभिन्न जातीय संस्थाका तर्फबाट ५० जना भन्दा बढी स्वयंसेवक समेत परिचालन गरिने अध्यक्ष येक्तेनले जानकारी गराए ।
इलाम जिल्लामा किरात याक्थुुङ चुम्लङ, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा, किरात सुनुवार सेवा समाज, तमुु ह्युुला छोजधी (गुरूङ राष्ट्रिय परिषद), नेपाल थामी समाज, नेपाल मगर संघ, नेपाल शेर्पा संघ, लाप्चा उत्थान मञ्च (रोङ सेजुम ठी), नेपाल योल्मुु समाज सेजा संघ, भूजेल समाज सेवा समिति, नेपाल तामाङ घेदुुङ, नेपाल कुमाल समाज सुधार समिति, नेवाः देय दबू, दनुवार जागरण कार्य समिति, नेपाल उराउ(झाँगड) तथा मुण्डा कल्याण सुधार समिति महासंघमा आबद्ध छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार