इलाम नगरपालिका ६ नम्बर वडामा विद्यालय स्तरीय प्रतिभा पहिचान कार्यक्रम सम्पन्न


सेवारो खबर  233 पटक हेरिएको

इलामः इलाम नगरपालिका ६ नम्बर वडा भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी बीच प्रतिभा पहिचान कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

शिक्षा, युवा तथा खेलकुद शाखा र वडा कार्यालयको सहयोगमा वडा शिक्षा समितिको आयोजना र विधालयहरुको समन्वयमा ६ नम्बर वडाका आधाभूत तहका विधालयहरूका विधार्थिहरू बीच प्रतिभा पहिचान विकास कार्यक्रम भएको जनाइएको छ ।

प्रतिभा पहिचान विकास गर्ने उद्देश्यले भएको कार्यक्रममा ‘हाम्रो नगर’ बिषयमा चित्रकला र ‘एकल नृत्य’ प्रतियोगिता भएको थियो ।

प्रतियोगितामा एकल नृत्य विधा तर्फ श्री प्रज्ञा सदनका दिक्छेन शेर्पा प्रथम, श्री जनकल्याण आधारभूूत विद्यालयका दिब्या रसाईली र श्री देवकोटा आधारभूत विद्यालयकी स्वस्तिका राय द्वितीय र श्री सत्यनारायण आधारभूत विद्यालयका निशा परियार तेस्रो भएकी छिन ।

चित्रकला विधा तर्फ सोहन राई प्रथम, दिब्सन सुब्बा र बिमल गुरुङ्ग द्वितीय र माङसा लिम्बू तेस्रो भइन् ।

विजेतालाई वडा शिक्षा समितिले प्रतिव्यक्ति नगद पाँच हजार दरले पुरस्कृत गरिएको थियो । उनिहरूको प्रतिभालाई सम्मान गर्दै अन्य अतिथिहरूले समेत अकर्षक पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिता भन्दा बाहिर रहेर राम्रो नृत्य प्रस्तुत गर्ने मौषमी तामाङ्ग र निलस्था मगरलाई समेत पुरस्कृत भए ।

६ नम्बर वडाका अध्यक्ष एवं वडा शिक्षा समितिका संयोजक दुर्गा श्रेष्ठज्यूको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान वडा अध्यक्ष माधब भट्टराई प्रमूख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

कार्यक्रममा वडाका सदस्य, शिक्षा समितिका सदस्य एवं विशेष अतिथि श्री तिर्थ निरौला विधालय व्यवस्थापन समितिका अध्यक्षहरु र सदस्यहरु आप्रावासी नगरस्तरीय समितिका अध्यक्ष बुद्द राई, विधालयका प्रधानाध्यपकहरु, वडास्तरीय बाल सञ्जालका अध्यक्ष र बाल संरक्षक शिक्षकहरु लगायत स्थानिय समाजसेवि अभिभावकहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको चित्रकलाका विज्ञ लुना आर्ट सेन्टरका प्रोपाइटर प्रेम केसी र एकल नृत्य विद्यामा नृत्य विज्ञ युनिभर्सल डान्स सेन्टर इलाम प्रतिनिधि सोनि लिम्बुले सहजिकरण गरेकी थिइन् । कार्यक्रम सञ्चालन शिक्षक मोहन निरौलाले गरेका थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार