माईजागमाई गाउँपालिकामा उद्यमशिलता तथा व्यावसायिक योजना तालिम सम्पन्न

सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउँनुु पर्छ


सरिता राई  200 पटक हेरिएको

इलाम:  माईजागमाई गाँउपालिकामा ७ दिवसीय उद्यमशिलता तथा व्यावसायिक योजना तालिम सम्पन्न भएको छ ।

एडब्लुओ ईन्टरनेशनलको सहयोग माई जोगमाइ गाउँपालिकाको समन्वय र मानव अधिकार मञ्चको आयोजना सामाजिक रुपान्तरणका लागि युवा जिविकोपार्जनका लागि आप्रवासन र स्वःउद्यमशिलता सम्बन्धि युवा सशक्तिकण समूहहरूको क्षमता विकास र परिचालन मार्फत बिरूद्ध अभियान परियोजना मार्फत तालिम तालिम सञ्चालन गरिएको हो ।

स्थानीय स्तरमै युवाहरूमा विभिन्न रोजगारी सिर्जना गरी स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा सहभागीले सर्वसुलभ रूपमा सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउँनुु पर्नेमा जोड दिए ।

रोजगारिको लागि विदेश जान तयार गरिरहेको बेलामा स्वदेशमा नै रोजगारिको अवसर सिर्जना गरी अगाडि बढन तालिमले सहयोग गरेको सहभागी सबिन राईले बताए । उनले व्यवासायका लागि युवा तयार भएपनि अवाश्यक पूर्वाधारको अभावले असहज भएको बताउँदै सहज र सर्वसुुलभ ढंगले सरकारी सहयोग उपलब्ध हुनुपर्नेमा जोड दिए ।

स्थानीय सरकारले लगानी, बजार, बजारिकरणमा सहयोग गरे युवापुस्ताले स्वरोजागरका लागि स्थनीय स्तरमै काम गर्न सक्ने सहभागी सावित्राले बताइन् ।

गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेले अहिले आफनो पालिकामा कृषि, युवा लक्षित योजना ब्निरहेकोले युवा व्यवसायिलाई अनुदान दिने बताए । तालिमले यहाँका युवाहरुलाई आत्मनीर्भर बन्नमा थप सहयोग पुग्ने बताउँदै व्यावसाय गर्न चाहने र गरिरहेकालाई आफुले गाउँपालिकाले प्राथमिकता राखेर अनुदान सहयोग गर्ने जानकारी गराए ।

मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेबेले अहिले देशमा आर्थिक क्रान्ति आवश्यक रहेकाले पनि युवा लक्षित सीपलाई महत्व दिएको बताए । उनले सहभागीलाई सिकेका सीपलाई व्यवहारमा रूपान्तरण गरी जिवनउपयोगी बनाई स्वरोजगार बन्नु पर्नेमा जोड दिए ।

सात दिवसीय तालिममा व्यावसाय गर्नुपुर्व आवश्यक पर्ने विभिन्न सीप, व्यवासयको छनौट, व्यावसायिक योजना बनाउने, लगानीमा स्थानीय स्रोतको उपयोग कसरी गर्ने, व्यावसायिक लगायतका विषयमा जानकारी गराइएको थियो । गाउँपालिकामा २ सय ३३ जनाले व्यवसायिक योजना निर्माणको तालिम लिइसकेका छन् । तालिम मानव अधिकार मञ्चका गायत्री थेगिम, याम माबोहाङ, इश्वर मगर, सन्तोष मगर, अस्मिता मगर, रञ्जु थामी लगायतले सहजिकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार