इलाम क्षेत्र नम्बर २ को नेपाली कांग्रेस क्षेत्रीय सभापतिमा डिगेन्द्र इधिङ्गो


सेवारो खबर  328 पटक हेरिएको


इलाम:  इलाम क्षेत्र नम्बर २ को नेपाली कांग्रेस क्षेत्रीय सभापतिमा डिगेन्द्र इधिङ्गो निर्वाचित भएका छन् । उनले चार सय ३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन ।

सभापतिका प्रतिष्पर्धी नुतनदेव दुलालले दुई ९८ मत प्राप्त गरेका छन् । नरेश श्रेष्ठले एक सय ८८ र मनकुमार बुढाथोकीले ७४ मत ल्याएर चित्त बुझाए ।

सचिवमा सुवास घिमिरे र बविन धनकुमार राई विजयी भएका छन् । उनिहरू क्रमशः घिमिरेले चार सय १४ र तीन सय ३३ मत प्राप्त गर्दै निर्वाचित भएका हुँन ।

सचिव पदकै प्रतिस्पर्धी राजनप्रसाद खनालले तीन सय २०, यामकुमार श्रेष्ठ धिरेनले दुई सय ४६, त्रिलोचन गौतमले दुई सय ४० र देवकुमार कार्कीले एक सय ७६ मत ल्याएर चित्त बुझाए ।

सह-सचिवमा अम्बिका चौहान र खोम खतिवडा विजयी भएका छन् । उनिहरू क्रमशः चौहानले तीस ७३ र खतिवडाले तीस सय ४२ मत प्राप्त गर्दै विजयी भएका हुन ।

सहसचिव पदकै प्रतिस्पर्धी तेजबहादुर सिवाकोटी तीन सय ८, खड्गबहादुर बुडाथोकी दुई सय ८५, कैलाश भट्टराई दुई सय ६०, रोमियो बुडाथोकीले एक सय ४० मत ल्याए ।

सभापतिमा चार, सचिवमा पाँच र सह-सचिवमा छ जनाले उम्मेद्धारी परेको थियो । क्षेत्रिय अधिवेसनमा एक हजार ६५ मतदाता रहेको निर्वाचनमा १ हजार ४८ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार