इलाम: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) इलामको ८१ वडा मध्ये ३६ वडामा सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले ५ जनाको पदाधिकारी सहित २९ सदस्यीय वडा समिति निर्वाचित गरेको पार्टीका प्रचार प्रसार विभाग प्रमुख प्रकाश परियारले जनाएका छन् ।
माइ नगरपालिकामा १० वटै वडामा नगर सम्मेलन सकिएको छ । वडाध्यक्षहरुमा वडा नम्बर १ मा हेमबहादुर राई(उदय), २ मा रामबहादुर थापा, ३ मा दिलबहादुर पापो, ४ मा लक्ष्मण आले, ५ मा दिपेन्द्र राइ, ६ मा दल बहादुर योङहाङ, ७ मा होमनाथ वान्तावा, ८ मा मदन लोक्ताम, ९ मा राजु लोक्ताम र १० मा गिताकुमार ढकाल छानिएका छ्न् ।
इलाम नगरपालिकामा ४ वडामा सम्मेलन सकिएको छ । वडाध्यक्षहरुमा २ मा प्रेम तामाङ, ३ मा विनय राई, ६ मा देव तिखत्री छनोट भएका छन् । यसै गरी सुर्योदय नगरपालिकाको २ वटा वडामा सम्मेलन भएको छ । वडाध्यक्षहरुमा १० मा विष्णुप्रसाद मैनाली र १३ मा गणेश राई रहेका छन् ।
चुलाचुली गाउँपालिकामा सबै वडामा सम्मेलन सम्पन्न भैसकेको छ भने ३ नं. वडाको नतिजा आउँन बाँकी छ । वडाध्यक्षहरुमा १ मा पृथ्वी राई, २ मा मैदाने राई, ४ मा नरबहादुर बुढाथोकी, ५ मा स्यामन्त नेपाल र ६ मा दुर्गा नेपाली छानिएका छ्न ।
माङ्सेबुङ गाउँपालिकामा ५ वडामा सम्मेलन सकिएको छ । वडाध्यक्षहरुमा १ मा भुपाल लिम्बु, २ मा उमाकान्त कार्की, ३ मा सजन राइ, ४ मा हर्क लावती र ५ मा सन्तबहादुर राई रहेका छ्न ।
फाकफोकथुममा ३ वटा वडामा सम्मेलन सम्पन्न भएको छ । वडाध्यक्षहरुमा १ मा भोज बहादुर बोहोरा, ६ मा माधव पौडेल र ७ मा जगत लिम्बु निर्वाचित भएका छ्न ।
माइजोगमाइ गाउँपालिकामा ३ वडामा सम्मेलन सम्पन्न भएकोछ । वडाध्यक्षहरुमा २ मा दुर्गाबहादुर महत, ५ मा सन्त बहादुर राइ(दिपक) र ६ मा भीमबहादुर थेबे निर्वाचित भएका छन् ।
रोङ गाउँपालिकामा ३ वटा वडामा सम्मेलन सम्पन्न भएको छ । वडाध्यक्षहरुमा १ मा खड्गबहादुर राई, २ मा धनमाया प्रधान र ३ मा गणेश राई निर्वाचित भएका छ्न ।
समाजवाद निर्माणको लागि “नयाँ क्रान्तिकारी बिचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौं“ भन्ने मुल नाराका साथ देशभर सम्मेलन भइरहेको छ ।
देउमाइ नगरपालिकामा भने आज हुनेछ । बाँकी ४५ वटा वडाहरुमा मंसिर १० गते सम्म सम्पन्न हुने जनाइएको छ ।