क्षेत्र नम्बर २ ख नेपाली कांग्रेस प्रदेश सभापतिमा खगेन्द्र निर्वाचित


सेवारो खबर  225 पटक हेरिएको

इलामः नेपाली कांग्रेको क्षेत्र नम्बर २ ‘ख’ सभापतिमा खगेन्द्र लिम्बु निर्वाचित भएका छन् । उनले एक सय ५५ मत प्राप्त गरे ।

उनको नजिकका प्रतिष्पर्धी लक्षुमण राईले एक सय ७ मत ल्याए । लक्षुमण कार्कीले ८८ मत पाएका छन् । सभापतिका अर्का प्रत्यासी सुवास आङथुपो सुब्बाले ६९ मत प्राप्त गरे ।

उपसभापतिमा पदम केशर लिम्बु र हरिप्रसाद कोइराला विजयी भए । लिम्बुले दुई सय ५९ र कोइरालाले दुई सय १४ मत प्राप्त गरेका छन् ।

उपसभापतिमा चार प्रतिष्पर्धी मध्ये पुष्पराज कार्की एक सय ५३ र हेमनारायण श्रेष्ठ राजनले एक सय १६ मतमा चित बुझाए ।

सचिवमा धनबहादुर लिम्बु र भीमबहादुर मगर निर्वाचित भएका छन् । लिम्बुले एक सय ९९ र मगरले एक सय ९१ मत प्राप्त गरेका छन् ।

सचिव पदमा पाँच प्रतिष्पर्धी मध्ये तुलसी कुमार बुढाथोकीले एक ४५, लोकेश अधिकारी एक सय ४२ र दिपक गौतमले ८७ मत प्राप्त गरेका छन् ।

सह-सचिवमा सदेश राई र चन्द्र फियाक लिम्बु निर्वाचित भएका छन् । राईले दुई सय ६७ र लिम्बुले दुई सय २४ मत प्राप्त गरेका थिए । निकटतम प्रतिष्पर्धी भेषराज पराजुलीले एक सय ८८ मत पाएका छन् ।

सभापतिमा निर्वाचित लिम्बु जिल्ला सभापतिका आकाक्षी भेषराज आचार्य समुहबाट प्रदेश निर्वाचन क्षेत्रको सभापतिको उम्मेद्वार हुँन
राई केशव थापा निकटका मानिन्छन् । कार्की जिल्ला सभापतिका आकाक्षी डम्बर खड्का समुहका उम्मेद्वार भएको बताइन्छ ।

प्रदेशसभा क्षेत्र निर्वाचन क्षेत्रको सभापतिका अर्का प्रत्यासी सुवास आङथुपो सुब्बाले ६९ मत प्राप्त गरे । उनी जिल्ला सभापति हिमालय कर्मचार्यको प्यालनबाट उम्मेद्वार हुँन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार