पाँचथरः फिदिम नगरगरपालिका ४ सखरखण्डेमा सोमबार आज भएको बस दुर्घटनामा चार जनाको मृत्यू भएको छ । दुर्घटनामा बसका चालक सहित ६१ जना घाईते भएका छन् ।
बिहान ११ बजे फिदिम नगरपालिका र कुम्मायक गाउँपाकिलाको सीमानामा पर्ने सिवा दोभानदेखि फिदिम बजार आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरी दुर्घट्ना हुँदा बसमा सवार रहेका लेटाङ नगरपालिका ६ मोरङका ७ बर्षीय प्रज्वल मगरको पाथीभरा अस्पताल, इलाम बस्ने ३४ बर्षीया प्रमीला देवानको जिल्ला अस्पताल, उनकै ७ महिने छोरा निश्चल देवान र एक जना पहिचान हुन नसकेको महिलाको समर्पित अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
दुर्घटनामा परेको १६ घाइतेलाई थप उपचार गर्न नेपाली सेनाको हेलिकप्टरबाट विराटनगर लगिएको छ । घाईते भएका ११ जनालाई झापा तर्फ पठाएको छ । अन्य घाईतेको फिदिमका बिभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
गएको बेमौसमी अबिरल बर्षाले कुम्मायक र फिदिम नगरपालिका जोड्ने पुलको जग भत्काएपछि । सिवा दोभानसम्म साना सवारी ट्याक्सि जीपमा पुलसम्म पुग्ने र दोभानदेखि फिदिम बजारसम्म यात्रुलाई बसले ल्याउँने गरेको बताइएको छ ।