इलामः नेपाल प्रेस युनियन इलामले शनिबार समिक्षासँगै शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । सूर्योदय नगरपालिकाको फिक्कलमा गरेको कार्यक्रममा युनियनले दशै, तिहार, छट, नेपाल सम्बत जस्ता पर्वको शुभकामना व्यक्त गरेको छ ।
युनियन इलामकी कार्यबाह अध्यक्ष सविता पाण्डेको अध्यक्षता भएको कार्यक्रममा कोरोना महामारीले संचार क्षेत्र र संचारकर्मी माथी परेको प्रभावको समिक्षा गरिएको थियो । अध्यक्ष पाण्डेले संगठनको गतिविधि र आगामी कार्यक्रम बारे जानकारी गराइन् ।
कार्यक्रमका प्रमुख अतिथि युनियनका केन्द्रीय सदस्य माधव चौलागाईको प्रेस जगतलाई कमजोर बनाउन खोजिए सबै संचारकर्मी एक भएर लडनु पर्ने बताए । उनले सरकारी पक्षले पटक-पटक प्रेस जगतलाई कमजोर बनाउने काम आग्रह गरे ।
नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष बिप्लब भट्टराईले कोरोना महामारीको समयमा महासंघले कोरोना प्रभावित संचारकर्मीका लागि बिभिन्न राहत प्याकेज कार्यक्रम संचालन गरेको जानकारी दिए ।
अध्यक्ष भट्टराइले जिल्लामा २५ बढी संचारकर्मी संक्रमीत हुँदा घरमै पुगेर महासंघले सहयोग गरेको बताए ।
पत्रकार महासंघ प्रदेश १ का सदस्य तोयानाथ भट्टराई, अग्रज पत्रकार प्रभाकर प्रधान, जिवन शर्मा, राष्ट्रिय बन प्रदावर ब्यवसायी संघका केन्द्रिय अध्यक्ष रोहित खड्का, प्रेस युनियन इलामका उपाध्यक्ष बिनय तिम्सिना लगायतको शुभकामना मन्तव्य राखे ।
कार्यक्रममा प्रेस युनियनलाई बिभिन्न समयमा सहयोग गर्ने राष्ट्रिय बन पै्रदावर ब्यवसायी संघका अध्यक्ष रोहित खड्का लागयतका ब्यक्तिलाई कदर पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका अवसरमा केन्द्रय सदस्य चौलागाईको पहलमा काग्रेस जिल्लाका पुराना नेता रामप्रसाद दुलाल (जिल्ला बा) स्मृति प्रत्रकारिता पुरस्कार स्थापना गर्ने बताइएको छ ।
चौलागाईका मामा रामप्रसाद दुलाल (जिल्ला बा)को योगदानको कदर गर्दै उहाको स्मृतिमा शिक्षा, पर्यटन र कृषि क्षेत्रमा कलम चलाउने एक जनालाई बर्षेनी बितरण गर्ने गरी २० हजार राशीको पुुरस्कारप्रदान गरिने युनियनले जनाएको छ ।
युनियनले अक्षयकोष स्थापना गरी उक्त पुरस्कार केहि दिन भित्रमै एक जना पत्रकारलाई वितरण गरिने जनाईएको छ ।